साप्ताहिक संवाददाता
संसारमा सामान्य मानिसदेखि सेलिब्रेटीसम्मले युट्युबमार्फत लाखौं रुपैयाँ कमाउँछन् । फोब्र्सले सन् २०१६ मा युट्युबबाट सर्वाधिक कमाउने १० जनाको नाम सार्वजनिक गरेको छ ।
1. पेवा डी पाई
कमाइ: १ करोड ५० लाख डलर
युट्युब च्यानलमार्फत गत वर्ष १ करोड ५० लाख डलर आर्जन गरेका पेवा डी पाईका ५ करोडभन्दा बढी सस्क्राइबर छन् । उनले आफ्नो च्यानलमा ३ हजार बढी भिडियो पोष्ट गरिसकेका छन् । पाई स्वीडेनका नागरिक हुन् । उनको वास्तविक नाम फेलिक्स अर्भिद उल्फ जेलवर्ग हो । उनले गेमहरू खेलेर तथा विभिन्न मनोरञ्जक भिडियोहरू पोष्ट गरेर पैसा कमाउने गरेका छन् । उनको पुस्तक दिस बुक लभ यु १ लाख १२ हजार प्रति भन्दा बढी बिक्री भैसकेको छ ।
2. रोमन एटवुड
कमाइ : ८० लाख डलर
रोमन एटवुडले आफ्ना कमेडी जेनराका भिडियोमार्फत युट्युबमा चमत्कार गरिरहेका छन् । हसाउन सक्ने कलाका कारण युट्युबमा उनका भिडियो हेर्नेहरू बढेका छन् । जसले उनको कमाइ ह्वातै बढाएको छ । फोब्र्सकाअनुसार उनले वर्ष २०१६ मा युट्युबमार्फत ८० लाख डलर आर्जन गरेका छन् ।
3. लीली सिंह
कमाइ: ७५ लाख डलर
क्यानाडामा जन्मिएकी भारतीय मूलकी लिली सिंह र्यापर, डान्सर तथा कमेडियन हुन् । वर्ष २०१६ मा उनले युट्युबमार्फत ७५ लाख डलर कमाएकी छिन् । सोसल मिडियामा छदम नाम ‘सुपरवुमन’ ले परिचित २७ वर्षीया लिली टोरेन्टोमा बस्छिन् । उनले सन् २०१० देखि युट्युब च्यानलमा आफ्ना भिडियो अपलोड गर्न थालेकी हुन् । अहिले संसारभर ७० लाखले उनको युट्युब च्यानल सस्क्राइब गरेका छन् ।
4. एन्थोनी पाडिल्ला र इयान होकोक्स
कमाइ : ७० लाख डलर
अमेरिकाका एन्थोनी पाडिल्ला र इयान होकोक्स युट्युबका पायोनियर हुन् । उनीहरूले आफ्नो कमेडी भिडियो युट्युबमा २००५ देखि अपलोड गर्न थालेका हुन् । अहिले उनीहरूले युट्युबमै ७ वटा च्यानल सञ्चालन गरिरहेका छन् । उनीहरूले गत वर्ष युट्युबबाट ७० लाख डलर कमाएका थिए ।
5. रोसाना पानसिनो
कमाइ: ६० लाख डलर
अमेरिकाकी रोसानाको युट्युब च्यानलको नाम रोसाना पानसिनो हो । उनको यो च्यानल ७४ लाखभन्दा बढीले सस्क्राइब गरेका छन् । सन् २०१० मा उनले आफ्नो च्यानलको सुरुवात गरेकी थिइन । रोसना बेकर पनि हुन् । रोसानाले आफ्नो च्यानलमा बेकिङसम्बन्धी शो चलाउँछिन् । सन् २०१६ मा उनले ६० लाख डलर कमाएकी छिन् ।
6. टायलर ओकाले
कमाइ: ६० लाख डलर
अमेरिकाको लस एन्जल्सका टायलर ओकालेले सन् २००७ मा आफ्नो युट्युब च्यानलको सुरुवात गरेका हुन् । ओकालेको च्यानललाई अहिलेसम्म ८० लाखभन्दा बढीले सस्क्राइब गरेका छन् । उनले सन् २०१६ मा युट्युबबाट ६० लाख डलर कमाइ गरेका छन् ।
7. मार्कीप्लायर
कमाइ: ५५ लाख डलर
सन् २०१२ देखि युट्युबमा आफ्नो च्यानल सुरुका गरेका मार्कीप्यालरले छोटो अवधिमै १ करोड ५६ लाखभन्दा बढी सस्क्राइबर कमाइसकेका छन् । एडवार्ड पिसब्याक वास्तविक नाम भएका यी युट्युबर भिडियो गेमर हुन् । उनले सन् २०१६ मा युट्युबबाट ५५ लाख डलर कमाइ गरेका छन् ।
8. जर्मन कार्मेन्डिया
कमाइ: ५५ लाख डलर
जर्मनको युट्युबमा ज्यबिक्यथन्भचmबल नामक च्यानल छ । चिलीको राजधानी स्यान्टियागोमा बसोबास गरिरहेका जर्मनले आफ्नो च्यानलको सुरुवात सन् २०११ मा गरेका थिए । २०१६ मा उनले ५५ लाख डलर कमाएका थिए ।
9. रेहत एण्ड लिंक
कमाइ: ५० लाख डलर
अमेरिकाको क्यालिफोर्नियाका रहेत एण्ड लिङक युट्युबमा क्ष्लतभचलभतबष्लभचक नामबाट सक्रिय छन् । उनले सन् २०१६ मा ५० लाख डलर कमाएका थिए ।
10. कोलिन बेलिङगर
कमाइ: ५० लाख डलर
अमेरिकी नागरिक कोलिन बेलिङगर कमेडियनका साथसाथै कलाकार पनि हुन् । युट्युबमा :ष्चबलमब क्ष्लनक नामबाट सक्रिय कोलिनले सन् २०१६ मा ५० लाख डलर कमाएकी थिइन् ।