साप्ताहिक संवाददाता
सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता अहिले १ हजार १ सय ८० मिलियन पुगेका छन् । यसका मासिक सक्रिय प्रयोगकर्ता मात्र १ हजार ७ सय ९० मिलियन छन् । सोसियल मिडियाको रिपोर्ट सार्वजनिक गर्ने सोसियल वेकर्सका अनुसार २०१६ मा फेसबुकमा सवैभन्दा बढी लाइक बटुल्न सफल पेज निम्न हुन् :
१. फेसबुक फर एभ्री फोन
फेसबुकको यो एप्सले अहिलेसम्मकै सबैभन्दा बढी लाइक पाएको छ । १ अगस्ट २०११ देखि सञ्चालनमा आएको यो एप्समा अहिलेसम्म ४९ करोड ९९ लाख ३१ हजार ९ सय १९ लाइक छ । यो एप्स एन्ड्रोइड र आइफोन दुवैमा उपलब्ध हुन्छ ।
२. फेसबुक
सर्वाधिक लाइक पाउने सूचीको दोस्रो स्थानमा फेसबुक छ । फेसबुकको आधिकारिक यो पेजमा अहिलेसम्म १७ करोड ७१ लाख ५१ हजार ५ सय ९७ लाइक छ ।
३. कोकाकोला
सर्वाधिक लाइक भएकाहरूको सूचीको तेस्रो स्थानमा छ— कोकाकोला कम्पनीको पेज । यो कम्पनी सन् १८८६ मा जर्जियामा स्थापना भएको थियो । सन १९८५ देखि मात्र अमेरिकाका सबै राज्यमा यसको सेवा विस्तार भएको थियो । अहिले कोकाकोला विश्वभर लोकप्रिय छ । कोकाकोलाको आधिकारिक फेसबुक पेजमा १० करोड ०६ लाख ७१ हजार १ सय ८३ लाइक छ ।
४. यु–ट्युब
भिडियो साइट यु–ट्युब चौथो स्थानमा पर्न सफल भएको छ । सन् २००५ देखि सञ्चालनमा आएको युट्युबको आधिकारिक पेजमा ८ करोड १७ लाख १२ हजार ७ सय १३ लाइक छ ।
५. टेस्टी
छोटो समयमै चर्चित खाद्यपदार्थ टेस्टीको फेसबुक लाइक ह्वात्तै बढेको छ । विभिन्न खानेकुराको यो ब्रान्डमा अहिलेसम्म ७ करोड ६६ लाख ८० हजार १ सय ५ लाइक आएको छ ।
६. ह्यारी पोर्टर
लोकप्रिय चलचित्र ह्यारी पोर्टर पनि सर्वाधिक लाइक पाउने सूचीमा समावेश छ । ब्रिटिस लेखक जे.के. रलिङले लेखेको उपन्यासमा आधारित यो चलचित्रका पात्र विजार्ड, ह्यारी, हेर्माइन तथा रोन वेस्ली आदि हुन् । यो उपन्यास सबैभन्दा पहिले २६ जुन १९९७ मा सार्वजनिक भएको थियो । सन २०१३ सम्ममा यो उपन्यास यति चर्चित भयो कि त्यसको ५ सय मिलियनभन्दा बढी प्रतिबिक्री भयो । यसले पुस्तक बिक्रीमा विश्व रेकर्डसमेत कायम गरेको छ । ह्यारी पोर्टरको आधिकारिक पेजमा ७ करोड ५५ लाख २९ हजार ९ सय ४० लाइक छ ।
७. क्यान्डी क्रस
पछिल्लो समय निकै लोकप्रिय गेम क्यान्डी क्रस पनि सर्वाधिक लाइक पाउने सूचीमा समावेश छ । १२ अप्रिल २०१२ देखि सञ्चालनमा आएको यो गेममा अहिलेसम्म ७ करोड ४७ लाख