साप्ताहिक संवाददाता
पुस १२, २०७३
अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङको हालै सार्वजनिक गीति एल्बम ‘भाव–सागर–२’ मा समावेश ‘ह्याप्पी बर्थ डे...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक दीपक लिम्बुको स्वर तथा प्रकाश लेप्चाको संगीत निर्देशन छ ।
अमेरिकामै निर्माण गरिएको यो भिडियोमा भने अभिनेता दिलिप रायमाझी तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् । लामो समयदेखि अमेरिकामा रहेकी मोडल सुनिक्षा मैनालीले यसअघि रामकृष्ण ढकालसहित आधा दर्जन गायक–गायिकाका गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । म्युजिक भिडियोको निर्देशन अनिशा के क्षत्रीले गरेकी हुन् ।
भिडियो :