साप्ताहिक संवाददाता
मुहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास पुगेका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मंगलबार विहानैदेखी खुशी थिइन् । बिहानैदेखी उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस पुगेपछि हातमा राखेको माला र अविर उनलाई लगाईदिइन् ।
मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमा सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्याएर र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुसलाई भेटेपछि निकै खुशी हुँदै भनिन्, ‘ हाम्रो त जीवन बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ ! ’
मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीय बाटो कुरीरहेका थिए । बिहानै दाउरा लिन जंगल पुग्ने मुसहर मंगलबार धुर्मुसको स्वागत्मा जुटे । बस्तीका मंगलबार नै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसँग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तयार भएको सामुहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरे ।
चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ ।नयाँ बर्षमा नयाँ घर उपहार दिने योजना सहित धुर्मुस—सुन्तली फाउन्डेसनले काम थालनी गरेको छ ।