साप्ताहिक संवाददाता
नेसनल ज्योग्राफीले हरेक वर्ष संसाभरका सबैभन्दा उत्कृष्ट तस्बिर सार्वजनिक गर्छ । नेशनल ज्योग्राफीले सन् २०१६ का उत्कृष्ट तस्बिरहरूको संकलन सार्वजनिक गरेको छ । नेसनल ज्योग्राफीका निर्णयकहरूले करिब २३ लाख तस्बिरबाट ५२ उत्कृष्ट तस्बिर सार्वजनिक गरेका हुन् । १ सय ७ वटा समाचारसँग सम्बद्ध यी तस्बिर ९१ जना फोटोग्राफरले खिचेका हुन् । जसलाई नेसनल ज्योग्राफी म्यागजिनमा प्रकाशित गरिनेछ । ती तस्बिरमध्ये ५२ वटा तस्बिर नेसनल ज्योग्राफीले आफ्नो वेबसाइटमा राखेको छ । यसमा नासाको केनेडी स्पेससेन्टरदेखि बरफमा फसेको जहाजसम्म तस्बिर छन् । नेसनल ज्योग्राफी म्याग्जिनको पहिलो अंक सन् १८१८ मा प्रकाशित भएको थियो । यो म्याग्जिन संसारका ३९ जना भाषामा प्रकाशित हुन्छ । यसका लागि नेसनल ज्योग्राफीले संसारभरका फोटोग्राफहरूलाई अवसर दिन्छ । नेसनल ज्योग्राफीका उत्कृष्ट तस्बिरमध्येबाट केही तस्बिर: