साप्ताहिक संवाददाता
भ्यालेन्टिनो
मिलानमा हेडक्वार्टर रहेको भ्यालेन्टिनो १९५९ मा देखा परेको ब्रान्ड हो । अन्तर्राष्ट्रिय स्तरमा यसले १९६२ देखि मात्र आफ्नो पहिचान बनाउन थालेको हो । सन् १९६७ मा यो ब्रान्डका स्थापकले निइम्यान मारकस अवार्ड प्राप्त गरेपछि यो विश्वभरिका सेलिब्रेटीहरूको प्रिय बन्न थालेको हो । आगा खान, एलिजावेथ टेलर तथा ज्याकलिन केनेडी समेतले रुचाएको ब्राण्डका रूपमा यसको परिचय बनेको थियो । विश्वका धनी एवं स्टाइल आइकनका रूपमा विश्व प्रसिद्ध सेलिब्रेटी महिलाहरूको वार्डरोबको शोभा बढाउने यो ब्रान्ड वर्ष २०१६ को सबैभन्दा महँगो क्लोदिङ ब्रान्डको टप टेन सूचीमा दसौं स्थानमा छ ।
भर्साची
जियानी भर्साचीद्वारा स्थापित यो इटालियन फेसन कम्पनी एवं ट्रेड नेम सन् १९७८ देखि अस्तित्वमा छ । अन्तर्राष्ट्रिय रूपमै ख्यातिप्राप्त ब्रान्डका रूपमा परिचित भर्साचीअन्तर्गत क्लोदिङ, एक्सेसरीज तथा मेकअपका रेन्जहरू उपलब्ध छन् । भर्साची हाई डिमाण्ड फेसन ब्रान्डका रूपमा चर्चित ब्रान्ड हो । यो सेक्सी क्लोथ ब्रान्ड फोर मेनका रूपमा पनि परिचित छ । महिला तथा पुरुषका मेकअप एक्सेसरीजका लागि पनि यो ब्रान्ड लोकप्रिय छ । यद्यपि यो ब्रान्डलाई मूलत: लक्जरी क्लोथिङ एवं एक्सेसरीजका लागि सम्झिइन्छ । विगतको तुलनामा भर्साची यो वर्ष विश्व टप महँगा क्लोदिङ ब्रान्डको सूचीमा ओरालो लागेको छ र यस पटक ९ औं स्थानमा पुगेको छ ।
गेस
टप टेन मोस्ट एक्सपेन्सिभ क्लोदिङ ब्रान्डअन्तर्गत ८ औं स्थानमा रहेको गेस अमेरिकन ब्रान्ड हो । गेस आफ्नो डेनिम जिन्सका लागि चर्चित छ । विश्वको सबैभन्दा सेक्सी जिन्सका रूपमा पनि परिचय बनाएको यो ब्रान्डले सन् १९८१ देखि आफ्नो यात्रा प्रारम्भ गरेको हो । यो ब्रान्डअन्तर्गत वयस्क युवा–युवतीका लागि फेसन वेयर बाहेक घडी, ज्वेलरी तथा पर्प्mयुम पनि उपलब्ध हुन्छ ।
डिओर
डिजाइनर क्रिस्टियन डिओरको ब्रान्ड डिओर सबैभन्दा महँगो फेसन ब्रान्डको सूचीमा सातौं स्थानमा छ । विश्वको सबैभन्दा ठूलो, एलिगेन्ट, सुन्दर, आधुनिक एवं ग्ल्यामरस क्लोदिङ ब्रान्डका रूपमा परिचित डिओरको स्थापना सन् १९४६ मा भएको हो । यो ब्रान्डअन्तर्गत रेडि टू वेयर, लेदर वेयर, फेसन एक्सेसरीज, फुटवेयर, ज्वलेरी, टाइमपिस, पर्फ्युम, मेकअप तथा स्किन केयर रेन्ज उपलब्ध छन् । अहिले यो ब्रान्डका सन ग्लास पनि उपलब्ध हुन थालेका छन् । यो ब्रान्ड मूलत: महिलावर्गको रोजाइमा छ ।
मार्क ज्याकब्स
सन् १९९७ देखि फेसन संसारमा उदाएको मार्क ज्याकब्स ब्रान्डका सामान विश्वका ८० भन्दा बढी मुलुकमा उपलब्ध छन् र यो दुई सय रिटेल स्टोरमार्फत फेसन पारखीहरू माझ पुग्ने गरेको छ । वर्ष २०१६ को सबैभन्दा महँगा क्लोदिङ ब्रान्डको टप टेन सूचीमा मार्क ज्याकब्स छैटौं स्थानमा छ । आफ्ना लक्जरियस डिजाइनका लागि परिचित यो ब्रान्डको विशेषता सिजनल विविधता हो । यो ब्रान्ड अन्तर्गत फेसन वेयर बाहेक जुत्ता, ह्यान्ड ब्याग तथा ज्वेलरी पनि उपलब्ध हुन थालेका छन् ।
अर्मानी
मोस्ट एक्सपेन्सिभ क्लोदिङ ब्रान्ड अफ द इयर–२०१६ को सूचीको पाँचौं स्थानमा छ– अर्मानी। अर्मानीका रेडी टू वेयर, लेदर गुड्स, फुटवेयर, घडी, ज्वलेरी एक्सेसरीज, आइ वेयर, कस्मेटिक्सदेखि आन्तरिक सजावटका सामग्रीसमेत उपलब्ध छन् । सिम्पल जिन्स र टी सर्टदेखि काउचर स्टाइलसम्म कलेक्सन उपलब्ध गराउने अर्मानीले महिला तथा पुरुष दुवैको आवश्यकता पूर्ति गर्छ । सन् १९७५ मा जर्जियो अमार्नीद्वारा स्थापित यो ब्रान्डका सामग्री प्रयोग गर्दा सामाजिक प्रतिष्ठा बढ्ने विश्वास गरिन्छ । अमार्नीको सुट लगाउने व्यक्तिलाई सम्पन्न घरानाको मानिन्छ । अमार्नीअन्तर्गत किड्स वेयर पनि उपलब्ध हुन थालेको छ ।
डोल्सी एण्ड गब्बाना
डोमेनिको डोल्सी र स्टेफानो गब्बानाको यो क्लोदिङ ब्रान्ड सन् २०१६ को सबैभन्दा महँगो क्लोदिङ ब्रान्डको सूचीको चौथो स्थानमा छ । १९८० ताका फेसन बजारमा देखा परेको यो ब्रान्डले सूरुमा वुमन क्लोदिङमा आफ्नो परिचय बनाएको थियो । विस्तारै यो ब्रान्ड स्वीमसुट र अन्डर गार्मेन्ट रेन्जका लागि परिचित हुँदै गयो । हाल डी एण्ड जी लेबलअन्तर्गत यो ब्रान्डका क्याजुयल रेन्ज पनि उपलब्ध छन् । इटालीको लोकप्रिय फेसन ब्रान्डका रूपमा परिचित यो ब्रान्डअन्तर्गत फुटवेयर, पर्फ्युम, कस्मेटिक, सनग्लासेज आदि उपलब्ध भए पनि यसको लोकप्रियता फेसन क्लोदिङमै छ ।
सन् १९१३ मा स्थापना भएको प्राडा इटालियन फेसन लेबल हो , जसलाई मारियो प्राडाले सृजना गरेका थिए । १ सय ३ वर्षदेखि सिम्लीसिटी, ड्युरेबिलिटी तथा कटिङ एज डिजाइनमा लागि ख्याति प्राप्त यो ब्रान्ड मूलत: लेदर गुड्समा केन्द्रित छ । यो ब्रान्डलाई उत्तम पहिरनमा विविध डिजाइनको परिचय प्राप्त छ । प्राडा विश्वका महँगा क्लोदिङ ब्रान्डको सूचीमा विगतका वर्षको तुलनामा अघि बढ्दै तेस्रो स्थानमा स्थापित हुन सफल भएको छ ।
च्यानल
रेडी टू वेयर तथा लक्जरी गुडसमा हाइ फेसन ब्राण्डका रुपमा परिचित नाम हो– च्यानल । सन् १९०९ मा स्थापित फ्रेन्च फेसन ब्रान्ड च्यानल अन्तर्गत वुमेन वेयरमा इलिगेन्ट वेयर विथ सिम्पल डिजाइन लोकप्रिय छन् । स्टाइल वेयरमा लिटिल ब्ल्याक ड्रेस तथा पफर््युममा च्यानल नं फाइभ च्यानल ब्रान्डका निकै लोकप्रिय उत्पादन हुन् । वर्ष २०१६ को सबैभन्दा महँगो क्लोदिङ ब्रान्डको सूचीको दोस्रो स्थानमा रहन सफल यो ब्रान्ड विगतका वर्षदेखि पनि टप फाइभमा पर्दै आएको छ ।
गुची
विगतका वर्षहरू झैं यो वर्ष पनि विश्वको सबैभन्दा महँगो क्लोदिङ ब्रान्डको टप टेन सूचीमा गुची अग्रस्थानमा छ । सन् १९२१ मा गुचियो गुचीद्वारा स्थापित यो ब्रान्ड सबैभन्दा बढी बिक्री हुने इटालियन ब्रान्ड पनि हो । हाल विश्व भरिमा यो ब्रान्डका २ सय ७५ वटा स्टोर छन् भने यो ब्रान्डका उत्पादन हाई प्रोफायल डिपार्टमेन्ट स्टोरहरूमा मात्र बिक्री हुने गरेको छ । युनिसेक्स फेसन वेयरमा अब्बल मानिएको यो ब्रान्डअन्तर्गत पर्फ्युम, सन ग्लासेस्, ह्यान्ड ब्याग, स्कर्ट, जुत्ता, टाई आदि उपलब्ध छन् । विश्व प्रसिद्ध सेलिब्रेटी तथा संसारका धनाढ्य व्यक्तिहरूको फेसन तथा स्टाइलको महत्वपूर्ण पक्ष तथा पहिलो रोजाइका कारण यो ब्रान्ड संसारकै सबैभन्दा महँगो क्लोदिङ ब्रान्डका रूपमा स्थापित हुन सफल भएको छ । यसको गुणस्तर र मूल्य अरू कसैसँग तुलना गर्न सकिँदैन ।