साप्ताहिक संवाददाता
रामप्रसाद सिटौला (फलित ज्योतिष )
मेष
आय आर्जनमा वृद्धि भए पनि खर्चको मात्रा रोकिनेछैन । हालसालै थालिएका कामबाट लाभ हुने देखिन्छ । राज्यस्तरबाट काम सम्पन्न गराउन केही समय कुर्नुपर्नेछ । विदेशी पाहुनासँगको उठबसले मनोरञ्जन प्रदान गर्नेछ । मौसमअनुकुल खानपानमा ध्यान दिनुहोला ।
बृष
प्रतिस्पर्धीहरूलाई उछिन्न कडा मेहनत गर्नुपर्नेछ । अहोरात्रको परिश्रमले महत्त्वपूर्ण जिम्मेवारी दिलाउने सम्भावना छ । जागिरमा पदोन्नतिसहित स्थान परिवर्तनको संयोग पनि देखिन्छ । उत्तरतर्फको यात्रामा सावधानी अपनाउनुहोला । पाचन प्रक्रियामा गडबडी देखा पर्न सक्छ ।
मिथुन
अधुरा काम क्रमिक रूपमा पूरा हुनेछन् । साथीभाइबाट सोचेजस्तै सहयोग मिल्नेछ । अध्ययनका लागि विदेश जाने योग नजिकिँदैछ । मन पराउनेको मन परिवर्तन हुँदा तनाव सिर्जना हुन सक्छ । जिद्दी नगर्नु मै आफ्नो भलो छ । अभिभावकको योगदानले थप उचाइमा पुर्याउनेछ ।
कर्कट
बाहिरी कुराको प्रभावले प्रेमिका टाढिनेछिन् । उनको भावना बुझ्ने प्रयास गर्नुहोला । साताको मध्यमा आर्थिक पक्षमा सुधार आउनेछ । पैतृक चल–अचल सम्पत्ति खरिद–बिक्री हुने सम्भावना छ । भित्रभित्रै डाह गर्नेहरू परास्त हुनेछन् । सप्ताहन्तमा मनोरञ्जन तथा गीत–संगीततर्फ आकर्षित भइनेछ ।
सिंह
महिला साथीको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ, धन्यवाद प्रदान गर्न नभुल्नुहोला । मनपर्ने व्यक्तिहरूसँगको भेटघाटले साता उत्साहप्रद बनाउनेछ । पारिवारिक जमघटमा रमाइलो गर्दा खर्चको मात्रा बढ्ने देखिन्छ । हड्डी तथा नशासम्बन्धी समस्याले पिरोल्न सक्छ ।
कन्या
गृह सजावटसम्बन्धी सामग्री खरिद गर्न मन लोभिनेछ । परिवारबाट मांगलिक कार्यको प्रस्ताव प्राप्त हुनसक्छ । वाणीप्रति संयम राख्न सके विशेष फाइदा पुग्नेछ । अग्लो स्थानको यात्रा नगर्नु मै भलो छ । प्राविधिक विषयको अध्ययनमा थप सफलता हात पर्नेछ ।
तुला
विपक्षीहरू प्रतिष्ठामा ठेस पुर्याउन लागिपरेका छन् । बोलीको मधुरताले शत्रुलाई परास्त गर्न सकिनेछ । साथीभाइको कुरामा विश्वास गर्दा प्रेमी–प्रेमिका टाढिन सक्छन्, प्रेममा विश्वास कायम राख्नु आवश्यक छ । राति यात्रा गर्दा संयम अपनाउनुहोला ।
वृश्चिक
दोहोर्याएर गरिएको प्रयासले नै आर्थिक हैसियत उचाइमा पुर्याउनेछ । साथीभाइ तथा परिवारजनसँग भ्रमणको अवसर जुर्नेछ । स–साना कारणले स्वास्थ्यमा बाधा उत्पन्न हुन सक्छ, सूर्यको आराधना गर्न सके सहजता महसुस हुनेछ । साताको अन्त्यतिर आर्थिक भार बढेर मन खिन्न हुनसक्छ ।
धनु
पूर्वयोजना सफल भै सोचेजस्तै परिणाम हात पर्दा मन प्रफुल्ल रहनेछ । जुझारु तथा मार्गप्रशस्त गर्ने युवा अभियानको नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ । विपरीतलिंगीको प्रस्तावमा आलटाल गर्दा दूरी बढ्न सक्छ । चिसो वातावरणमा मनोरञ्जनपूर्ण समय बिताउँदा स्वास्थ्यको ख्याल राख्नुहोला ।
मकर
परिचित नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढी लाभ लिन सकिनेछ । अभिभावकसँग विचार नमिल्दा मनमुटाव सिर्जना हुन सक्छ । सकारात्मक विचारले प्राविधिक क्षेत्रतर्फ डोर्याउने सम्भावना छ । सामाजिक क्षेत्रमा पहिचान स्थापित हुने सम्भावना टरेको छैन । साताको अन्त्यमा खराब नियतका व्यक्तिहरूबाट सचेत रहनुहोला ।
कुम्भ
धातु तथा फलामजन्य क्षेत्रमा लगाानी गरी मुनाफा आर्जन गर्न सकिनेछ । मनभित्रको भय तथा चिन्ता उत्साहमा परिणत हुनेछ । कुरा काट्नेहरू तपार्इंको जीवनशैली परिवर्तन भएको देखेर लोभिनेछन् । आफ्नै हेलचेक्र्याइँका कारण महत्त्वपूर्ण कागजात हराउन सक्छ, सावधानी अपनाउनुहोला ।
मीन
सेयरसम्बन्धी कारोबारले फाइदा दिलाउनेछ । सोच–विचार नगरी अरूलाई वचन दिँदा प्रतिकूल परिस्थिति आइलाग्न सक्छ । नयाँ कार्यक्षेत्र पहिचान गरी मुनाफा हात पार्दा साथीभाइहरू छक्क पर्नेछन् । कार्यव्यस्तता बढी हुने हुँदा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा भोज-भतेरमा सहभागी भइनेछ ।