साप्ताहिक संवाददाता
पुस १५, २०७३
निर्देशक : वसन्त निरौला
संगीत : टंक बुढाथोकी
कलाकार : रोजन राखल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवी शर्मा आदि ।
माया भनेकै त्याग र समर्पणको अर्को रूप हो भन्ने भनाइलाई कथामा ढालिएको चलचित्र ‘समर्पण’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो चलचित्रका सबै अनुहार नयाँ हुन् । यसअघि राजेश हमाल र कोमल वलीलाई लिएर चलचित्र ‘राजनीति’ तथा आर्यन सिग्देललाई लिएर ‘आवेग’ निर्देशन गरेका वसन्त निरौलाको यो चलचित्रमा प्रेमका साथै पारिवारिक दु:ख पनि समेटिएको छ । चलचित्र ‘समर्पण’का निर्माता इमरान सिद्धिकी हुन् ।