साप्ताहिक संवाददाता
पुस १५, २०७३
विश्वका कलाकारहरूलाई हरेक दुई–दुई वर्षमा ढाकामा जमघट गराउँदै आएको बंगलादेश शिल्पकला एकेडेमी अर्थात् बाइनाको यसपटकको प्रदर्शनीमा चार जना नेपाली कलाकार रवीन्द्र श्रेष्ठ, जुपिटर प्रधान, कर्मा छेटु गुरुङ तथा लक्ष्मण श्रेष्ठको कलाले स्थान पाएको छ । आज शुक्रबारसम्म चल्ने यो प्रदर्शनीमा ५४ देशका कलाकारका कलाकृति प्रदर्शित छन् ।