साप्ताहिक संवाददाता
पुस १५, २०७३
निर्देशक : दिनेशकुमार लामा
संगीत : राजशुक्र लिम्बू
कलाकार : प्रेम लामा घिसिङ, नीता पुन, इतिसा नेम्बाङ आदि ।
विभिन्न बहानामा बिदेसिएका नेपालीहरूको दु:ख एवं पीडामा अनेकौं चलचित्र प्रदर्शित भैसकेका छन् । विशेष गरी कामदारका रूपमा खाडी मुलुक जानेहरूको पीडामा आधारित चलचित्रले चर्चा पनि प्रशस्तै पाए, तर सम्पन्न मुलुकहरूमा भासिएका नेपालीहरूको दैनिकी तथा दु:खमा निकै कम चलचित्र बनेका छन् । आज शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘यू टर्न’ बेलायत भासिएका नेपालीहरूको पीडामा केन्द्रित रहेको निर्देशक तथा कथाकार दिनेशकुमार लामाले बताएका छन् । नयाँ अनुहारहरू हावी रहेको यो चलचित्रमा बेलायतमा कामदारको जीवन बिताइरहेकाहरूले देशलाई सम्झेर फर्कन खोजेको पीडा बयान गरिएको छ ।