साप्ताहिक संवाददाता
पुस १५, २०७३
चितवनका ३० जना युवतीबीच आज भरतपुरमा सौन्दर्य तथा प्रतिभाको प्रतिस्पर्धा हुँदैछ । ‘मिस टिन चितवन’ उपाधिका लागि हुने उक्त प्रतिस्पर्धाको आयोजना मिना झाले गरेकी हुन् भने यसमा प्रज्ञा तिवारीको कोरियोग्राफी छ । आज शुक्रबार दिउँसो २ बजे भरतपुर क्यान्सर अडियोटोरियममा सम्पन्न हुन लागेको प्रतिस्पर्धाका लागि प्रतिस्पर्धीहरूलाई प्रशिक्षण प्रदान गरिसकिएको कार्यक्रम कोअर्डिनेटर शिक्षा गुरुङले बताएकी छिन् ।