साप्ताहिक संवाददाता
पुस १५, २०७३
पोखरामा १८ औँ सडक महोत्सव चलिरहेको छ । गत बुधबार प्रारम्भ भएको महोत्सव पर्सि आइतबारसम्म चल्नेछ । सडक महोत्सवमा शुक्रबार र शनिबारको कार्यक्रमलाई थप भव्य बनाइँदै छ । महोत्सवमा शुक्रबार राति सविन राई, पोखरेली समूह डिर्मस तथा सुपरफज ब्यान्डको प्रस्तुति रहनेछ । शनिबार प्राङ्गण, नरेन लिम्बु एन्ड अलस्टार, लाहुरे, अनुप्रस्थको प्रस्तुति साथमा बी–बोइङसमेत रहने पप कन्सर्टका सञ्चालक सञ्जु सुनारले जनाए । आइतबार भने युकेको नेपाली ब्यान्ड आरके स्क्वाइर तथा राजु लामाको प्रस्तुति मुख्य आकर्षणमा रहनेछ ।