साप्ताहिक संवाददाता
पुस १६, २०७३
एक दर्जन नेपाली कलाकार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, गायक युवराज चौलागाईं, अभिनेत्री रिस्ता बस्नेत, कलाकार बिपना बस्नेत, अभिनेत्री नम्रता योगी, नृत्य निर्देशक पूर्णम राई, मोडल प्रतीक्षा खड्का, मोडल रन्जु सुनाम आदि कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका थाप्दै पार्टी प्रवेश गरेका हुन् ।