पुस १६, २०७३
पोखरामा तीनदिने दोस्रो पर्वतीय फिल्म महोत्सव सम्पन्न भएको छ । प्रदीप पोखरेलले निर्देशन गरेको चलचित्र ‘अ सङ फर बारपाक’ बाट सुरु भएको महोत्सवमा ५२ वटा चलचित्र देखाइएको थियो । महोत्सवमा हिमालय संस्कृति झल्कने वृत्तचित्र, लघुचलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र तथा एनिमेसन चलचित्रलाई समेटिएको थियो ।
महोत्सवमा नेपाललगायत भारत, अमेरिका, इटाली, बेलायत, पोल्यान्ड, पाकिस्तान, फान्स, ब्राजिल, इक्वेडर, रूस, लिथुआनिया, क्यानाडा, इरान, लेबनान, अर्जेन्टिना, श्रीलंका, साइप्रस तथा जोर्डनका चलचित्र प्रदर्शन गरिएको थियो ।