साप्ताहिक संवाददाता
१. आजचाहिँ काम बन्यो यार !
२. आज त काम बिग्रियो यार !
राजेश केसी, काटुनिस्ट
मलाई थाहा भएन । म त केवल आफ्नो स्वार्थका लागि पिउँथे, त्यो पनि १५ वर्षपहिले । अहिले पिउँदिनँ ।
आशा डंगोल, चित्रकार
आफू त तल–तल लागेपछि पिइन्छ ।
सविन बास्तोला, निर्देशक/अभिनेता
सबैभन्दा राम्रो बहाना भनेको विवाह वा कुनै पार्टी नै होला, किनभने त्यस्तो बेला पिउँदा कुनै सेलिब्रेसनमा पिएजस्तो हुन्छ अनि यसो चियर्स गरौ न भन्ने पनि हुन्छ ।
आनन्द कार्की, गायक
बहाना हजार निस्कन्छन् मात्र पिउछु भन्नुपर्छ, पिउने नयाँ–नयाँ बहाना निस्किरहन्छ ।
भरत सिटौला, गायक
अतीतको पीडा सम्झेर, वर्तमानको तनाव सम्झेर त कहिले भविष्यको चिन्तामा । के गर्नु, आफूलाई त सुँघ्यो कि लाग्छ । जाडोमा कालो कफी पिइन्छ र त्यसका लागि कुनै बहाना चाहिँदैन ।
राजनराज शिवाकोटी, संगीतकार
डिसेम्बर ३१ को रात आइसक्यो । पिउने मानिसका लागि यो पनि एउटा बहाना हो ।
प्रदीप ढकाल, चरित्र अभिनेता
जब मेरो रगतले अल्कोहलको माग गर्छ ।
गणेशदेव पाण्डे, निर्देशक
बहाना बनाउनु नपर्ने उमेर पुगिसक्यो जस्तो लाग्छ । कुरा मिल्ने साथी भेटिनु र साँझ सँगै बिताउनु नै गतिलो बहाना हो ।
प्रचण्ड श्रेष्ठ, निर्देशक
उनले धोका दिएपछि जिन्दगीमा जिउन सिकेँ,
जिउने बहानामा मैले पिउन सिकेँ ।
रामभरोस चुलबुले, कवि/कलाकार
सेलिब्रेसन, ट्रयाजिडी, फेस्टिभल वा नेपाल बन्द । हामी नेपालीहरू जुनसुकै बहानामा पनि पिउन सक्छौं। शिव पुरी, चलचित्र सम्पादक
सबैभन्दा राम्रो बहाना पार्टी हुनु हो । त्यो पार्टी चाहे खुसीको होस् वा दु:खको ।
रिनेशा बान्तवा राई, कोरियोग्राफर
पिउन बसेपछि बहाना आफैं निस्कन्छ, किनभने पिउनका लागि कुनै बहाना चाहिँदैन ।
विजय लामा, गायक
तपाईंले के पिउने भन्नुभएको ? पानी, दूध कि रक्सी ? रक्सी नै भन्न खोज्नुभएको हो भने यसलाई पिउन बहाना होइन, गोजीमा दाम र जिब्रो चिलाए पुग्छ वा आँत हरहराए पुग्छ ।
अविरल थापा, लेखक
पिउनेहरूका लागि हजार बहाना हुन्छन् । तीमध्ये सुख र दु:ख मूल होलान् ।
सूर्य बोहोरा, निर्देशक
खुसीको सेलिब्रेसन, सफलता, पाहुनाको स्वागत अनि बिदाइ मात्र नभएर तनाव हटाउन, सञ्चो भएन भने, फेरि सन्चो भयो भनेर । वास्तवमा हामीलाई पिउने बहाना चाहिँदैन । खै म त कुनै पनि बहानामा पिउँदिनँ ।
कोमल वली, गायिका
पहिलो, मौसमले च्यालेन्ज गर्यो अनि दोस्रो, टेन्सन भयो ।
सुनिल थापा, अभिनेता
पिउनका लागि बहाना होइन, चाहना भए पुग्छ ।
जगदीश्वर थापा, निर्देशक
पिउनका लागि बहाना भनेकै पिउने बहाना हो । अरू कुनै बहाना चाहिँदैन ।
पल्पसा डंगोल, हास्यकलाकार
अहिले त साथीहरू चिसो बढ्यो वा रुघा लागेको बहाना बनाउँछन् । म चिया पनि नपिउनेलाई किन चाहियो बहाना ?
शान थापा, डिजाइनर
म त नपिउने मान्छे परेँ, तर पिउनेहरूका अनेकौं बहाना सुनेको छु । आज मौसमले च्यालेन्ज गर्यो, आज शुक्रबार, आज आइतबार, आज साथी भेटघाट, आज एक्लो परियो, आज खुसी, आज दु:खी— पिउनेहरूका लागि बहाना त कति कति ?
यशराज गराच, नायक