साप्ताहिक संवाददाता
रुसमा बस्दैं आएकी एलिना चुनिखिना आफ्नो सेल्फीका कारण संसारभर प्रख्यात छन् । उनलाई संसारकै सबैभन्दा फोटोजेनिक महिला मानिन्छ । उनको फोटो पछिल्ला दिनहरुमा निकै भाइरल भइरहेका छन् । एलिना सोसल मिडियामा आफ्नो सुन्दर र आकर्षक तस्विर सधैंजसो सेयर गरिरहेकी हुन्छन् ।
जसका कारण उनको छनोट इन्टरनेशनल म्यासेन्जर अफ ब्युटी पेगेन्टमा भइसकेको छ, जहाा उनको फोटोबाट जजहरु यति प्रभावित भएकी उनलाई विजेता नै घोषित गरियो । क्रास्नोयास्र्क, साइबेरियाकी स्थानीय बासिन्दा एलिना १९ वर्षको उमेरमा यो उपलब्धि हात पारेकी हुन् ।चीनमा आयोजना गरिएको यो प्रतियोगितामा संसारभरबाट करिब ५९ जना छनोट भएका थिए, जसमा रुसबाट ४ जना सहभागी थिए ।
एलिनाले प्रतियोगिता जितेपछि सोसल मिडियामा आफ्नो कडा मेहनेतको प्रतिफल भएको बताएकी थिइन । उनले भनेकी छन्, ‘फाइनल राउण्डमा हामीलाई केही एकदमै कडा कार्यहरुबाट गुज्रनु परेको थियो र मैले पूरा इमान्दारीका साथ यसलाई पूरा गरे ।’विजनेशकी स्टुडेण्ट समेत रहेकी एलिना एक पार्ट टाइम मोडल पनि हुन् । उनले यसअघि डान्स र एरोबिक प्रतियोगितामा पनि कयौ पटक भाग लिएर जितिसकेकी छिन् ।