साप्ताहिक संवाददाता
मेरो पसल नै छैन ।
लिलु डुम्रे
किन ? तिरिदिने हो र ?
अतीत
कति हो कति ? भनेर साध्यै छैन हजुर ! यही पीडाले थिचिएको छ जिन्दगी ।
सूर्य बाबु
साथीभाइले त खाए–खाए, चिन्दै नचिनेकाले पनि खाइदिए । तिरिदिने विचार गरेको हो साप्ताहिकले ?
ए फर अशोक
जिन्दगी नै उधारो–उधारो छ । कति खाइन्छ अनि कतिले खान्छन् । अझ साथीहरूको सवालमा एक–अर्काको उधारो तिर्न नसकी मरिन्छ । हैट् !
कर्ण
जस–जसले खाए, एक पैसा पनि तिरेनन् ।
न्यौपाने
धेरैले लगेका छन् । भोलि दि’हाल्छु भन्छन् तर उनीहरूको भोलि कहिल्यै आउँदैन ।
गौरव
खाएर, पचाएर पनि फालिसके नि ! माग्दा–माग्दा अहिले त आफैंलाई माग्न लाज लाग्ने भैसक्यो ।
हरि सिलवाल
हँसाउनुको पनि तरिका हुन्छ यार ! खाएको मात्र होइन, खाँदा–खाँदा जोगी बनाएरै छाडे । अब सडकमा कचौरा लिएर बस्न मात्र बाँकी छ ।
सन्तोष सिम्खडा
उधारो खाने पनि होइन, दिने पनि होइन । खाने र दिने हो भने ढिलो–चाँडो एक दिन साथीभाइमा फाटो आइहाल्छ ।
ईश्वर शाही ठकुरी
खाएका छन्, किन नखानु ? अघाइन्जेल खाएर, पचाएर पनि अझै माग्दै छन् हजुर † लौन के गर्ने होला?
राज अधिकारी
तिरिदिने हो र ?
सुमन
किन साप्ताहिकले तिरिदिने गर्ने हो र ?
कमल कुशल
हा, हा !प्रश्न सुनेर हाँसो लाग्यो ।
उमेश नेपाल
ढ्याउ आउने गरी खाएका छन् नि !
श्रवणराज पौडेल
साथीभाइले त खाए–खाए, नजिकका आफन्तहरूले पनि खाए ।
रोजिना
कुरा नगरम् ।
विष्णु घिमिरे
हा, हा, हा ।
चिसो आगो लिएपछि फिर्ता दिने चलन छैन । दिएपछि माग्ने चलन पनि छैन ।
रूपक तामाङ
के हो, साथीहरूबीच झगडा गराउन खोजेको साप्ताहिकले ?
ममीको कान्छो छोरो
खाएर पचाइसके । अब बाँकी छैन ।
टेकेन्द्र विष्ट मधुपवन
के अब साप्ताहिकले तिरिदिने हो र ?
प्रतीक प्रधान
धेरै घटना छन् । कति भनौं ?
अमन गुरुङ
जुन गोरुको सिङ छैन त्यसको बिस्तारै पलाउँछ भन्ने सिद्धान्तलाई आत्मसात् गरेर चुपचाप छु, पछि तिर्लान् नि त ।
गोविन राजभण्डारी
एउटा भनाइ छ नि— दिएर भुल्नु लिएर नभुल्नु । उधारो दिएको जति सबै भुलियो, अब के भनम् ?
गजदीश बोहोरा
खोइ कसैले फिर्ता दिँदैनन् क्यारे । गाउँमा हुँदा उधारो खाइदिएर चिलिम फर्काइ बिदेसिन बाध्य बनाए । बिदेसमा पनि साउदी अरबदेखि कतारसम्म उधारो खानेहरूबाट साउँ–ब्याज आउने भए त काठमाडौंमा अढाई तले घरै किन्न पुग्थ्यो । गफ दिएको चाहिँ होइन । उधारो खाने मित्रहरूको नामसमेत भन्न सकिन्छ ।
प्रबिन दाहाल
नदिऊँ भन्यो मुख बाङ्गो, दिऊँ भने आफू नाङ्गो । आफूलाई परेका बेला कसैले वास्ता गर्दैनन् । साथीभाइलाई दिएको उधारोको हिसाब गर्यो भने एउटा बाइक नै आउँछ ।
डेभिड
मेरो विश्वास नै उधारोमा लिएका छन् । अरू के बाँकी छ र ?
लिम्बू शिशिर
उधारो पाउँदासम्म बोल्छन्, पछि पैसा माग्न थालेपछि मुन्टो बटार्छन् ।
प्रवेश
बराबरी जस्तै हो । आफूसित नहुँदा साथिभाइको पनि त सापटी लिइन्छ नि ।
भरत खनाल
खाइएको पनि छ, दिइएको पनि छ ।
भीम थापा
कत्ति हो कत्ति, कुरै नगरम । जोड्या भए एक कठ्ठा जग्गा आउने पैसा पुग्थ्यो । मरे तिर्दैनन् ।
रूपक दाहाल
हिसाब र पिसापमा क्लियर भएकै राम्रो । अलि–अलि उधारो त भैहाल्छ नि ।
रोहित धौलाकोटी
खाएर बिर्सने धेरै छन् । बस तिनीहरूलाई त्यतिले नै पुगोस् ।
नेत्रराज श्रेष्ठ