साप्ताहिक संवाददाता
वर्ष २०१६ मा कुनै पनि हिन्दी चलचित्रले ‘ब्लक बस्टर’ को विशेषण पाएनन् । शाहरूख खान, अजय देवगण, ऋत्विक रोशनजस्ता सुपरस्टारका चलचित्रले समेत बक्स अफिसमा धमाका गर्न सकेनन् । वर्ष २०१६ मा पाँच जना त्यस्ता कलाकार पनि भेटिए जसका कुनै पनि चलचित्र यो वर्ष प्रदर्शन भएनन् ।
सैफ अली खान– अघिल्लो साता मात्र दोस्रो सन्तानका बुवा बनेका सैफ अली खान वर्ष २०१६ मा पर्दामा देखिएनन् । उनी आगामी वर्ष कंगनासँगै चलचित्र ‘रंगुन’ मा देखिनेछन् ।
दीपिका पादुकोण– २०१५ मा बाजीराव मस्तानीमार्फत दर्शकको मन जित्न सफल दीपिका पादुकोण वर्ष २०१६ मा ठूलो पर्दाबाट गायब भइन् । हलिउडको चलचित्र ‘ट्रिपल एक्स’ (द रिटर्न अफ जेन्टर केज) मा व्यस्त भएका कारण पनि दीपिकाले यो वर्ष बलिउडमा समय दिन नभ्याएको बताइन्छ ।
परिणिति चोपडा– परिणिति चोपडालाई यो वर्ष चलचित्र ‘ढिसुम’ को एउटा आइटम गीतमा देखियो । प्रशंसकहरूले भने परिणितिबाट एउटा उत्कृष्ट चलचित्रको आशा गरेका थिए । दर्शकहरूको यो आशा परिणितिको आगामी चलचित्र ‘मेरी प्यारी बिन्दु’ बाट पूरा हुनेछ जुन वर्ष २०१७ मा प्रदर्शन हुँदैछ ।
काजोल– काजोलको दिलवाले २०१५ मा प्रदर्शन भएको थियो । वर्ष २०१६ मा भने उनलाई कुनै पनि चलचित्रमा देख्न पाइएन । यद्यपि २०१७ मा उनी केही चलचित्रमा सक्रिय हुने सम्भावना छ ।
कंगना रनौट– वर्ष २०१६ मा कंगनाको कुनै पनि चलचित्र प्रदर्शन भएन । उनलाई ऋत्विक रोशनसँगको विवाहले भने वर्षभरि नै चर्चामा ल्याइरह्यो । कंगनाको नयाँ चलचित्र ‘रंगुन’ वर्ष २०१७ मा प्रदर्शन हुनेछ ।