माइक्रोसफ्ट सर्फेस बुक
विण्डो १० सहित म्याग्नेसियम धातुको कभरमा उपलब्ध सर्फेस बुकमा बढी ब्याट्री क्षमता तथा ग्राफिक्स कार्ड पनि थियो । टच स्क्रिन, पेन र कि प्याड सहितको उक्त नोटबुकले धेरैको मन जित्यो ।
थट टिजी क्यामेरा
ओलम्पस क्यामेराले सन् २०१६ मा सार्वजनिक गरेको थट टिजी ८७० मोडलको कम्प्याक्ट क्यामेरालाई सामान्य प्रयोगकर्ताहरूले निकै रुचाए । १६ मेगापिक्सेलको यो क्यामेराले फुल एचडी भिडियो खिच्नुका साथै जिपिएसमार्फत पोजिसन समेत थाहा पाउन सकिन्छ । ५० फिट पानी मुनि पनि भिडियो खिच्न सक्ने उक्त क्यामेरा ७ फिटवाट खस्दासमेत केही हुँदैन । यो क्यामेरा डस्ट प्रुफ हुनुका साथै माइनस १० डिग्रीको तापक्रममा पनि काम गर्न सक्ने खालको छ ।
गुगल होम
एमेजोनले होम इन्टेलिजेन्सका रूपमा इको सार्वजनिक गरेपछि सन् २०१६ मा गुगलले गुगल होम स्पिकर सार्वजनिक गर्यो । यो केबल स्पिकर मात्र नभएर यसले गुगलका धेरै एप्सहरू जोडेर प्रयोगकर्तालाई मौसमको जानकारीदेखि आफ्ना कामहरूको पूर्व सूचनासमेत दिन्छ । यसले खेलकुदसम्बन्धी जानकारी प्रदान गर्नुका साथै भाषाको उल्था गर्ने काम पनि गर्छ ।
लोजी सर्कल
वाईफाई सेक्युटिरी क्यामेराका रूपमा लोजी सर्कललाई धेरैले अनौठो माने । मोबाइल एपमार्फत चलाउन सकिने यो क्यामेरालाई सजिलै जडान गर्न सकिन्छ । वाईफाईबाट नियन्त्रण गर्न मिल्ने यो सिसी क्यामेराले खिचिएका दृश्यलाई क्लाउड स्टोरोजमा समेत राख्न सकिन्छ ।
मोबाइल प्रिन्टर
पोलोराइड जिपले अन्तर्राष्ट्रिय बजारमा उतारेको मोबाइल प्रिन्टर पनि धेरैको आकर्षणमा पर्यो । ब्लुटुथ, एनएफसी वा स्मार्टफोनमा रहेको पोलोराइड जिप एपबाट समेत प्रिन्ट गर्न मिल्ने यो प्रिन्टरले २ इन्च चौडा तथा ३ इन्च लामो तस्बिर प्रिन्ट गर्न सक्छ । रिर्चाजेबल ब्याट्री लाग्ने र पातलो बनावटका कारणले पनि यो ग्याजेट धेरैले मन पराए ।
मिनी थ्रिडी प्रिन्टर
थ्रिडी प्रिन्टिङको ट्रेण्ड बढ्दै गएपछि एक्सवाइजेड प्रिन्टिङ डा भिन्सि मिनी थ्रिडी प्रिन्टर सानो आकारमा पनि आयो । भिन्सि मिनी थ्रिडी प्रिन्टरले ६×६ इन्चसम्म प्रिन्ट गर्न सक्छ ।
एलजी ओलेड टिभी
एलजी कम्पनीको ओलेड टिभी आकर्षणको केन्द्रमा रह्यो । फोर के टेलिभिजनको पिक्सेल युक्त यो टेलिभिजन हल्का धुम्रिएको ओलेड पद्धतिमा आधारित थियो । सबै किसिमका फर्मम्याटलाई सपोर्ट गर्ने यो टेलिभिजन एचडीआरमा दृश्य देखाउन सक्ने किसिमको छ ।
वायरलेस हेडफोन
सन् २०१६ मा धेरै किसिमका वायरलेस हेडफानेहरू आ–आफ्नै विशेषता लिएर आए । बोस क्वाइट कन्फर्टले निकालेको वायरलेस हेडफोन बाहिरको आवाज कम गरेर हेडफोनको स्पिकरबाट आएको आवाज स्पष्ट सुन्न सकिने किसिमले बनाइएको छ भने यसको ब्याट्री क्षमत पनि टिकाउ खालको छ ।