साप्ताहिक संवाददाता
पुस २४, २०७३
गायक रुकमान लिम्बुले आफ्नो महत्वकांक्षी एल्बम संशोधन हङ्कङमा विमोचन गरेका छन् । एकल प्रस्तुतिसँगै आयोजना गरेको विमोचन कार्यक्रममा गायक लिम्बुले एल्बममा समावेश केहि गीतसमेत गाएका थिए । आठ वटा गीत समाविष्ट एल्बमका केहि भिडियोहरु पनि रिलिज भएका छन् । डम्बर नेपालीको शब्द संगीतमा रहेको ‘तिमीलाई म के भनौं’ गीतले अहिले चर्चा पाईरहेको छ ।