साप्ताहिक संवाददाता
वि.सं.२००७ सालमा आएको प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ६ गते रिलिज गराउन लागीएको चलचित्र मेरो देशको उकाली ओराली बोलको भिडियो गीत सार्वजनिक गरीएको छ । सार्वजनिक गीतमा मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाएको भाब झल्कन्छ ।
चलचित्रको यो गीतलाई बीबी अनुरागीले संगीत भरेका छन भने निर्माता सार्वजनिक उदय सापकोटा सुरेनले लेखेका हुन् । गीतमा अप्सरा देबकोटा र रुपक चौधरीले स्वर दिएका छन् । रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीतलाई किरणराज थापाले सम्पादन गरेका छन् । गीतलाई राजमार्गको बिपि हाईवेदेखी सुनकोशीको तिरमा छायांकन गरीएको छ । चलचित्रलाई देब नेपालले निर्देशन गरेका छन । प्रोमो रिलिजको तयारी भइरहेको निर्माता सापकोटाले बताएका छन् । चलचित्रमा आयुष रिजाल,एलिजा प्रधान,ध्रुब कोईराला,निर शाहा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।
भिडियो :