साप्ताहिक संवाददाता
म इस्वी संवत्लाई खासै महत्व दिन्न । २०७४ सालमा चाहिँ सुनसरीबाट काठमाडौं पुगी रमाइलो गर्ने विचारमा छु ।
अर्जुन आचार्य
न आमाको साइनो न बाको नातो । अर्थ न बर्थको न्यू इयर ।
ईश्वर शाही ठकुरी
टन्न पिउने अनि झ्याप भएर साप्ताहिक पढ्ने । १५ रुपैयाँ हरेक शुक्रबार उडाउने ।
मनोज बुढाथोकी
विवाह गर्ने ।
सुजाता खत्री
विवाह गरौं कि भनेको ।
राई कान्छा
दोस्रो विवाह गर्ने ।
बिमल
देशको शान्ति र समृद्धिका लागि सकारात्मक सोचको विकास गराउने प्रयास गर्नेछु ।
नेपाली देवकोटा
घरजम गर्नुपर्ला ।
विज्ञान
एउटा कालो खसी ढालिन्छ ।
तिलक साउद
विवाह गर्ने विचार छ ।
गणेश खनाल/अमृत भण्डारी
साप्ताहिकको स्टाटसमा कमेन्ट गर्ने ।
संयोग शिशिर
नेपाली ढाका टोपीमा सजिएर दिनभर बुटवल बजारतिर बरालिएँ आफू त ।
ह्दयेश पन्थी
आजसम्म त पैसा नतिरी एनसेलबाट ट्विटर चलाइया’ थ्यो, अब पैसा तिरेर पनि चलाउने विचार छ ।
स्मार्ट ट्विटे
आफू त नेपालीको छोरो, नेपाली नयाँ वर्ष मात्र मनाइन्छ ।
राजेन्द्र सहयात्री
विवाह गरुम् भनेको जोडी पो जुर्ला कि नाइँ ?
रबीन जबेगु
भित्तामा झुन्डिएको क्यालेन्डर फेर्नु छ । अरू त के नै गर्न सकिन्छ र ?
परी पुष्पी
विचार गरेर योजना बनायो भने मेलम्चीजस्तै वर्षौंपछि पानी राजधानी आइपुग्छ ।
सीजी घिमिरे
पुराना साथीहरूसँग रमाइलो गर्नु छ ।
झापाली कान्छा
आफू त नेपाली परियो, अंग्रेजी नयाँ वर्ष होईन एकैचोटि नेपाली नयाँ वर्ष मनाइन्छ ।
सोझो केटो
मेरो त नेपाली नयाँ वर्ष कुरेर बस्ने योजना छ ।
प्रज्वल अधिकारी
साप्ताहिकको वार्षिक ग्राहक बन्ने विचारमा छु ।
जेनिथ
खासै केही छैन । हेरौं के हुन्छ ?
लाटो
चलचित्र हेरिन्छ, अरू त के नै गर्न सकिन्छ र ?
मेटलहेड
नयाँ वर्ष खासै लाग्दैन । उही अभाव, उही अशान्त मन । भित्तामा झुन्ड्याइएको क्यालेन्डर फेर्नेबाहेक अरू केही हुँदैन ।
मोहन पल
रिजल्ट कहिले आउला भनी पर्खी बस्नेछु ।
बिनु
यो सालैभरि नेपाली ढाकाटोपी लगाउने विचार छ ।
अर्जुन पौडेल (दार्ही)
नेपालमा सार्वजनिक बिदा घटाउनुपर्छ भन्ने अभियान चलाउनुपर्छ ।
जेसन दाहाल
नेपाली वर्ष भएको भए छ्वाम्म खसी काटिन्थ्यो । अंग्रेजी वर्ष पर्यो, फर्सी च्वाट्ट काट्नुपर्ला ।
सुन्दर श्रेष्ठ
साथीहरूसँग नयाँ ठाउँ घुम्ने योजना छ ।
एकल यात्री