साप्ताहिक संवाददाता
पुस २६, २०७३
आफूलाई ठूलो ब्यापारी भन्दैं विभिन्न ब्यक्तिहरुबाट १ करोड ६४ लाख बढी रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ठूलो ब्यापार ब्यवसायका साथै घरजग्गा सम्बन्धी कारोबार गर्ने ठूलो ब्यवसायी भएको भन्दै ठगी गर्ने रमिता तुलाधरलाई २३ पुसमा पक्राउ गरिएको ललितपुर प्रहरीका प्रवक्ता ईश्वर कार्कीले बताए ।
काठमाडौं घर भएर ललितपरको टंगालमा डेरा लिएर बस्दैं आएकी ३३ वर्षीया रमिताले आफूलाई करोडौंको ब्यापार गर्ने ब्यापारी र जग्गा सम्बन्धी कारोबार गर्ने गरेको बताउँदैं सर्वसाधारणहरुबाट १ करोड ६४ लाख ५० हजार ठगी गरेको ललितपुर प्रहरीले जनाएको छ ।
उनीबाट ठगिएका ब्यक्तिहरुले जाहेरी दिने क्रम अझै जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।