साप्ताहिक संवाददाता
माघ २, २०७३
स्मार्टफोनको क्षेत्रमा अग्रणी सामसुङले सम्भवत: यही वर्ष लचिलो स्मार्टफोनलाई अन्तर्राष्ट्रिय बजारमा ल्याउँदैछ । यो सेट ७ इन्चको ओएलईडी डिस्प्लेयुक्त हुनेछ ।
फाइभ जी
नेपालमा हालै फोर जी सेवा सञ्चालनमा आयो, तर विश्वका धेरै देश फाइभ जी ल्याउने तरखरमा छन् । यो प्रविधिले मोबाइलको डाटालाई अझ तीव्र गतिको बनाउनेछ । सन् १९८० मा वान जी टेक्नोलोजी आएपछि यसलाई बढाउन निरन्तर प्रयास भैरहेको छ । यदि सन् २०१७ मा फाइभ जी टेक्नोलोजी आए मोवाइल डाटा सुपरफास्ट हुनेछ ।