माघ ५, २०७३
हाम्रो घरमा सजिलै पाइने औषधि भनेकै सिटामोल र ब्रुफेन हो । आफूलाई ज्वरो आउनु, जीउ दुख्नु, रुघा लाग्नु हुन्न, यी औषधि कसैलाई नसोधी खाइहाल्ने बानी जो कसैमा हुन्छ । सँगसँगै हामी आफ्ना घरपालुवा कुकुरलाई यस्ता कुनै समस्या भए सिटामोल र ब्रुफेन दिइहाल्छौँ, तर के तपाईंलाई थाहा छ घरपालुवा कुकुरका लागि सिटामोल र ब्रुफेन विषसमान हुन्छ । मानिसका लागि उपयुक्त यो औषधि घरपालुवा कुकुरका लागि घातक हुन सक्छ ।
घरपालुवा कुकुरको शरीरमा प्रोस्टाग्लान्डिन्स नामक तत्व हुन्छ, जसले उसको शरीरको विभिन्न अङ्गलाई सुरक्षा प्रदान गछ्र्र । ब्रुफेनजस्ता औषधिले प्रोस्टाग्लान्डिन्स नामक तत्व बन्न दिँदैन र शरीरलाई
हानि पुर्याउँछ अनि यही कारणले घरपालुवा कुकुरको मृत्युसमेत हुनसक्छ ।
(डा.शरदसिंह यादव विशालनगरस्थित एडभान्स्ड पेट हस्पिटलमा कार्यरत छन् )