साप्ताहिक संवाददाता
माघ ५, २०७३
- मिक्स्चरको धार तेजिलो बनाउन महिनामा एकपटक त्यसमा नुन हालेर चलाउने ।
- कागती काट्नुअघि केही बेर तातो पानीमा राखे पर्याप्त रस निस्कन्छ ।
- खुर्सानीको डिब्बामा थोरै हिङ राखे लामो समयसम्म बिग्रँदैन ।
- उमालेपछि नुडल्समा चिसो पानी मिसाउँदा टासिँदैन ।
हानिकारक एल्मुनियम
- खाना तातो बनाउन, स्कुल, अफिस वा अन्य यात्रामा निस्कँदा एल्मुनियम फाइल प्रयोग गरिन्छ ।
- एक अनुसन्धानअनुसार यसले खाना तातो राखे पनि स्वास्थ्यमा असर पुर्याउँछ ।
- यसमा तातो खाना राख्दा फाइलको तत्व खानेकुरामा मिल्छ र शरीरलाई हानि पुग्छ ।
- यसले पाचन तन्त्रमा असर पार्छ र बिस्तारै अन्य समस्या पनि उत्पन्न हुन सक्छ ।