जुम्ल्याहा दिदी–बहिनी एना र लुसी डिसिक्वी प्लास्टिक सर्जरी गरेर उस्तै र राम्री देखिएका कारण चर्चामा छन् । कहिल्यै नछुट्टिने कसम खाएका यी दिदी–बहिनीले आफ्ना अलग–अलग प्रेमी भए छुट्टिनुपर्छ भनेर प्रेमीसमेत एउटै रोजे । विगत ५ वर्षदेखि बेनसँग बस्दै आएका एना र लुसीले उनीसँगै संयुक्त विवाह गर्ने निर्णय गरेका छन् ।
अस्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएका एना–लुसी र बेनबीच कानुनी रूपमा विवाह हुन गारो छ । एउटै पुरुषसँग दुई महिलाले विवाह गर्न नमिल्ने हुनाले उनीहरू यस्तो विवाह गर्न दिने कानुन भएको देशको खोजीमा छन् । यद्यपि उनीहरूले अहिले अमेरिकाको टुसन एरिजोना फेला पारेका छन्, जहाँ यस्तो विवाहलाई मान्यता नदिइए पनि दुई युवतीले एक युवकसँग विवाह गर्नेहरूविरुद्ध कानुनी कारबाही पनि हुँदैन । ‘हामी दिदी–बहिनी छुट्टिन चाहँदैनौं भने हामी दुवैलाई बेन पनि चाहिएको छ । उसले हामी दुवैलाई समान माया र सन्तुष्टि दिने गरेको छ’– एना र लुसी भन्छन् ।