पोखराको अमरसिंह चौकमा जारी सातौं पोखरा महोत्सवमा गायक नवीन के भट्टराईले आफ्नो प्रस्तुतिमार्फत दर्शकको सांगीतिक तृष्णा मेटाएका छन् । महोत्सवमा आज शुक्रबार नेपाली रक ब्यान्ड द स्याडोज नेपालले प्रस्तुति दिँदैछ । यसैगरी शनिबार मंगोलियन हर्ट, आइतबार डिमोर्चा ब्यान्ड तथा महोत्सवको अन्तिम दिन सुगम पोखरेल एन्ड द भिक्टोरीको प्रस्तुति रहने लाइभ पप कन्सर्टका होस्ट सञ्जु सुनारले जानकारी दिएका छन् । यसअघि महोत्सवमा सविन राई, लाहुरे, कोड, प्रयत्न एन्ड अलज्यामर्स, मन्त्र आदिले आ–आफ्नो प्रस्तुति दिइसकेका छन् ।
यो महोत्सवका क्रममा दिउँसो लोकदोहोरी कलाकारहरूको प्रस्तुति समेटिँदै आएको छ भने पोखरा गायन तारामार्फत नवोदित कलाकारले आफ्नो प्रतिभासमेत प्रस्तुत गरिरहेका छन् । स्यकलाकारहरूको प्रस्तुति यो महोत्सवको अर्को आर्कषण हो । युनाइटेड क्लबको आयोजनामा पुस २९ गते प्रारम्भ भएको पोखरा महोत्सव माघ १० गतेसम्म चल्ने बताइएको छ ।