साप्ताहिक संवाददाता
माघ ९, २०७३
गीतकार संघ नेपालको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले गीतकार चूडामणि देवकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको नयाँ कार्यसमितिमा भरत बमजन उपाध्यक्ष, शुभ मुकारुङ महासचिव, वसन्त वित्यासी थापा सचिव तथा सुशीला पौडेल कोषाध्यक्ष छानिएका छन् भने सदस्यमा गोविन्द गिरी, बालक गुरुङ, धरा रानी, अमृतलाल सुनार देवकोटा, चन्द्रा चाम्लिङ तथा दिलेन्द्र मुकारुङ चयन भएका छन् ।