साप्ताहिक संवाददाता
माघ १४, २०७३
काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्वमा अवस्थित रमाइलो प्राकृतिक स्थल नगरकोट विदेशी पर्यटकहरूका साथै काठमाडौं उपत्यकावासीले ह्याङ आउट गर्ने प्रमुख हब हो । नगरकोटका बारेमा थप जानकारी दिने उद्देश्यले नगरकोट संरक्षण तथा व्यवस्थापन समितिले हिजो बिहीबारदेखि तीनदिने ‘नगरकोट उत्सव’ सञ्चालनमा ल्याएको छ । यो उत्सवमा फुडस्टल, विभिन्न प्रदर्शनी तथा सांगीतिक कार्यक्रमहरू प्रस्तुत हुनेछन्, जसअनुसार आज शुक्रबार धीरज राई, लाक्पा शेर्पा, जगत घिसिङ, मनिष लामाले प्रस्तुति दिनेछन् । जाने होइन त विकेन्ड मनाउन नगरकोट ?