साप्ताहिक संवाददाता
माघ १४, २०७३
काठमाडौंमा रहेका थिएटरहरूमा फेरि नाटकको मौसम प्रारम्भ भएको छ । यतिबेला अनामनगरस्थित मण्डला थिएटरमा सरोज खनाल, सरिता गिरी, सिर्जना सुब्बा आदि १२ जना कलाकारले अभिनय गरेको नाटक ‘१२ दुर्वासा’ मञ्चन भैरहेको छ, जसका निर्देशक राजन खतिवडा हुन् । यसैगरी बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा घिमिरे युवराजको निर्देशनमा नाटक ‘दिक्षान्त’ मञ्चन भैरहेको छ ।