साप्ताहिक संवाददाता
माघ १५, २०७३
मोडल मोनालिसा पराजुलीको प्रेमसँग गरेको रोमान्स बाहिरिएको छ । उनले यि कुराहरु आफ्नो निजी जिवनमा नगरी गायक सुबास खत्रीको कुराहरु खेल्छन बोलको गीतमा गरेको अनस्क्रिन रोमान्सलाई निर्देशक युबराज खत्रीले बाहिर ल्याएका हुन् । जबजब कोइ मानिस प्रेममा पर्छ तब उसको मनमा आफ्नो प्रेमी अथवा प्रेमिकाको बारेमा विभिन्न कुराहरु खेल्न थाल्छन ।
यस्तै सन्दर्भलाई निर्देशक खत्रीले भिडियोमा प्रस्तुत गरेका छन् । जुन गीतमा शब्द संगीत हरि खत्रीको रहेको छ भने प्रविन डंगोलले यसलाई एरेन्ज गरेका हुन् । भिडियोमा मोनालिसालाई गायक स्वयमले साथ दिएका छन् । गीतलाई छायांकन शिशिर पोखरेलले गरेका छन भने सम्पादन समेत निर्देशक खत्रीले गरेका छन् ।
भिडियो :