साप्ताहिक संवाददाता
माघ १७, २०७३
मस्तिष्क सम्बन्धि गम्भिर रोग लागेर ग्रान्डि अस्पतालमा उपचाररत अछामकी भाग्यश्री कुँवरका लागी ७४ हजार रुपैंयाँ संकलन भएको छ । पोखराकी समाजसेवी सरिता गुरुङको पहलमा उक्त रकम संकलन भएको हो । गुरुङले आज उक्त रकम भाग्यश्रीकी आमा बीना कुँवरलाई प्रदान गरेकी छिन् । नवराज गुरुङ र रचना प्रधानको नेतृत्वमा हङकङका नेपालीहरुबाट ६९ हजार ५ सय, शुष्मा महराबाट २५ सय, इन्जिनियर सरिता गुरुङबाट २ हजार रुपैंया संकलन भएको हो ।
यसअघि सरिताकै पहलमा भाग्यश्रीको उपचारका लागी युकेबाट शर्मिला गुरुङले २० हजार ५ सय र पोखराकी सपना गुरुङले ५ हजार रुपैंयाँ उठेको थियो । भाग्यश्रीको थप उपचारका लागि विश्वमा छरिएर रहेका नेपाली दाजु भाई दिदी बहिनिहरुसँग भाग्यश्री कि आमा बीनाले अर्थिक सहयोग गरिदिनु हुन आग्रह गरेकि छिन् ।