माघ १८, २०७३
आगामी जनवरी ३० तारिखमा फिलिपिन्सको मनिलामा सञ्चालन हुने मिस युनिभर्सका लागि थाइल्यान्डकी सहभागी सुन्दरीले आफ्नो लगेजका कारण निकै चर्चा बटुलेकी छिन् । थाइल्यान्डबाट मिस युनिभर्समा छनौट भएकी २२ वर्षीया चालिता सुवानसानेले मिस युनिभर्समा सहभागी हुन १७ वटा सुटकेसमा सामान लगेकी छिन् । ती सुटकेसको तौल ३ सय किलोभन्दा बढी छ ।
अत्यधिक सामान लिएर यात्रा गर्न लागे पनि थाई एयरवेजले त्यसलाई सहजै स्वीस्कार गरेको छ । थाई एयरवेजले सामान्य यात्रुलाई ३० किलो र बिजनेस क्लासमा यात्रा गर्नेलाई ४० किलो लगेजको सुविधा दिने गरेको छ । यता चालिताले भने आफूले लगेको पहिरनले प्रतियोगितामा प्रभाव पार्ने दाबी गरेकी छिन् ।