माघ १८, २०७३
एक ७५ वर्षीय वृद्धको हात–गोडा चिसा भै मुटुको धड्कन रोकिएको पाएपछि परिवारका सदस्यहरूले उनको मृत्यु भएको माने । गाउँका भद्रभलाद्मीहरू पनि उनको मृत्यु भएको भन्दै दाहसंस्कारको तयारी गर्न थाले । चीनको दक्षिण पश्चिम क्षेत्रमा रहेको सिचुवान प्रान्तको यो घटनामा मृत्यु भएको भनिएका व्यक्ति ८ घण्टापछि सबैलाई चकित पार्ने किसिमले ब्युँतिए ।
मरेको घोषणा गरिएका व्यक्तिलाई कफिनमा राखेर अन्तिम संस्कारको तयारी हुँदै थियो । त्यतिबेलै ती वृद्ध कफिनमै आँखा खोल्दै जुरुक्क उठे । आफूलाई कफिनमा देखेपछि उनी के तिमीहरूले मलाई जिउँदै गाड्न लाग्यौ भन्दै कराए । पछि परिवारले उनको स्वास्थ्यस्थिति देखेर मृत घोषणा गरिएको बताएपछि वृद्ध स्वयं पनि आश्चर्यचकित भए । कफिनबाट उठेर उनले खीर खाए । शरीर निकै कमजोर भएका कारण उनी अहिले ओच्छ्यानमै आराम गरिरहेका छन् ।