साप्ताहिक संवाददाता
प्रेम गर्न जानेन भने धोका हुन्छ ।
ईश्वर खड्का
प्रेमको कदर गर्न जानिएन भने धोका पाइन्छ ।
अनिल सोमाई
एक–अर्काबीच अविश्वास, असमझदारी एवं स्वार्थका कारण प्रेममा धोका हुन्छ ।
इदु रिजाल
प्रेम र धोका एक–अर्काका परिपूरक हुन् । एकपछि अर्को त पाइन्छ नै ।
कैलाश दाई
जब मान्छेले प्रेम भन्ने शब्दको अर्थ बुझ्दैन तब धोका हुन्छ ।
सागर पुरी
परिस्थिति र बाध्यताले गर्दा पनि धोका पाइन्छ ।
आशिष
विभिन्न कारण हुन सक्छन् । सबै कारण एकैपटक भन्न सकिँदैन ।
केसु सापकोटा
प्रेममा धोका नै हँुदैन । जहाँ धोका हुन्छ त्यहाँ प्रेम हुँदैन ।
रुबिन
प्रेमको अर्को नाम नै धोका भएकाले होला ।
कृष
गोजी चिलिम फर्किएर ।
प्रल्हाद
चित्त नबुझेर ।
कमल प्रदेशी
बढी महत्वाकांक्षी भएर ।
प्रिया विष्ट
विश्वास नभएर अनि स्वार्थका कारण ।
अमृत शर्मा
एक–अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा ।
शिशिर लिम्बू
स्वार्थको जालले ।
हेमराज दाहाल
एक–अर्काको यथार्थ नबुझी प्रेम गर्दा अनि आत्मनिर्भरताको कमीले गर्दा ।
विक्रम बुढाथोकी
विश्वास नभएर ।
जितेन्द्र घिमिरे
आफ्नै कमजोरीले ।
अमृत ओली
असमझदारीले ।
उदेश रानामगर
एक–अर्कामा विश्वासको कमीले ।
बाबुराम ओली
कुरा नमिलेर ।
धिरेन राइ
दैवको खेल हो यो ।
मुस्कान विष्ट
आपसी समझदारीको कमीले ।
मनिस कुमार शाह
प्रेममा धोका हँुदैन । मात्र प्रेमको अर्थ नबुझेर धोका हुन्छ ।
मिलन घिसिङ तामाङ
अहिले मानिसहरू एकछिनका लागि प्रेम गर्छन्, त्यो पनि रमाइलोका लागि ।
रेग्जिन शेर्पा
प्रेम गर्दा धोका पाइन्छ । जसरी दिनपछि रात आउँछ, त्यसरी नै प्रेमपछि आउने भनेको धोका नै हो ।
सानो फेजोङ
केटी साथीसँग झगडा परेपछि यस्तै हुन्छ ।
कृष्ण महर्जन
गलत बुझाइले गर्दा ।
सौगात गौतम
प्रेमको साथी हो धोका । त्यसैले यी दुई चिज सँगै रहन्छन् ।
उमेश नेपाल
एक–अर्कालाई नबुझेर ।
रञ्जन कैलाश
माया बढी भएर ।
रामकुमार श्रेष्ठ
मानिसले धेरै बुझेर हो कि ? कहिलेकाहीं अलि बढी बुझेर पनि यस्तो हुन्छ ।
अपरिचित मित्र
एक–अर्काप्रति विश्वास नभएर ।
समीप रानामगर
पैसा नै सबथोक हो । पैसा भएन भने प्रेम पनि हुँदैन ।
मून सन
प्रेम अन्धो हुन्छ नि त ।
विजय
प्रेममा धोका नै हँुदैन, धोका हुनासाथ त्यो प्रेम रहँदैन ।
अधिकारी प्रज्वल
मिलनपछि बिछोड हुनलाई ।
सोहन
धोकाबिना त प्रेम नै हुँदैन नि । गाई र त्रिशूलजस्तै महत्वपूर्ण छन् यी ।
ओसन
प्रेममा धोका हुँदैन । मात्र प्रेम हुन्छ । धोका त मान्छेले पो दिन्छन् ।
प्रकाश ओझा