साप्ताहिक संवाददाता
ललितपुर मोबाइल कम्प्लेक्समा आयोजना भैरहेको मोबाइल एक्स्पो २०१७ अवधिभर ग्राहकहरुका लागि थ्रीजी स्मार्टफोन ल्याउनुहोस् फोरजी स्मार्टफोन लैजानु होस् अफर संचालनमा आएको छ ।
अफर अन्तर्गत ग्राहकहरुले आफूसंग भएको कुनैपनि थ्रीजी स्मार्टफोन फोरजी स्मार्टफोनसंग साट्न सक्नेछन् । यस अफरमा ग्राहकहरुले आफूले चाहेको फोरजी प्रविधि सहितको स्मार्टफोनसंग पुरानो स्मार्टफोन साट्न सक्नेछन् । कम्प्लेक्सले ग्राहकका लागि ल्याएको अफर अन्तर्गत ग्राहकले पुरानो थ्रीजी फोनको भ्यालूएसन गराएर नयाँ फोरजी फोन किन्न सक्नेछन् ।
मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले फोरजी स्मार्टफोन प्रति ग्राहकको अधिक रुचिलाई ध्यानमा राखेर नयाँ अफर ल्याएको बताउनुभयो । ‘कुनैपनि ब्राण्डका थ्रीजी स्मार्टफोनको साटो हामी एक्सचेन्ज गरेर ब्राण्डेड फोरजी स्मार्टफोन दिनेछौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामीले दक्ष र अनुभवी भ्यालुएटर राखेका छौं जसले थ्रीजी फोन साटेर फोरजी फोन ग्राहकलाई दिनेछन् ।’
मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि आयोजना भएको महोत्सव माघ २२ गतेसम्म चल्नेछ । मोबाइल एक्स्पोमा कम्प्लेक्सले फोरजी प्रविधिलाई बढावा दिंदै फोरजी स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री गरिरहेको छ । कम्प्लेक्सले आयोजना गरेको मोबाइल महोत्सवमा ग्राहकहरुलाई आकर्षित गर्न कम्पनीले बुधबारदेखि थप छुटमा फोनहरु बिक्री गरिरहेको छ ।