साप्ताहिक संवाददाता
माघ २१, २०७३
काठमाडौंको कमल पोखरीस्थित कायरा बुटिकले हरेक वर्ष आयोजना गर्दै आएको ‘कायरा रनवे’को पाँचौं श्रृंखला भोलि सिटी सेन्टरमा आयोजना हुँदैछ । हरेक वर्ष चर्चित अनुहारहरूले क्याटवाक गर्ने उक्त फेसन शोमा यसपटक नायिका मेलिना मानन्धर, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, मोडल निलम ढकाल, नायिकाहरू ऋचा शर्मा, वर्षा राउत तथा स्वस्तिमा खड्का सोजस्टपरका रूपमा र्याम्पमा देखा पर्नेछन् ।
मिति : माघ २२ गते, शनिबार
समय : साँझ ४ बजे
स्थान : सिटी सेन्टर
थप आकर्षण : जितु नेपाल, महादेव त्रिपाठी, धीरज राई तथा रामकृष्ण ढकाल
कोरियोग्राफी : धीरज तण्डुकार
डिजाइनर : रोजिना श्रेष्ठ