माघ २२, २०७३
तेर्हौं एलजी नाइटमा जितु नेपाल (मुन्द्रे) र सन्दीप क्षेत्री (मिठाईलाल) को प्रस्तुतिले हङकङेली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्यो । कार्यक्रम प्रस्तोता मुन्द्रेको प्रस्तुतिका कारण हल हाँसोले गुन्जिएको थियो । मिठाईलालको भेषमा समेत देखिएका सन्दीपको समसामयिक व्यंग्यले वाहवाही बटुल्यो । हङकङस्थित युङ्लोङ थिएटरमा सम्पन्न कार्यक्रममा १९७४ एडी, गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा तथा वाइल्ड रिपर्ज डान्स गु्रपको प्रस्तुतिले पनि पर्याप्त वान्समोर पाएको थियो ।