साप्ताहिक संवाददाता
माघ २३, २०७३
डेविड बेकह्याम र भिक्टोरियाको जोडीलाई विश्वभरका स्टारहरूमध्ये सबैभन्दा सफल जोडी मानिन्छ । बेक्हयाम फुटबलका स्टार भए, भिक्टोरिया संगीत क्षेत्रकी । भिक्टोरियालाई फेसन आइकन पनि मानिन्छ । बेकह्याम–भिक्टोरियाको जोडीलाई ब्रान्डकै रूपमा लिइन्छ, तर पनि बेकह्यामले मानेका छन्, उनीहरूले पनि आफ्नो वैवाहिक जीवनमा धेरै भूल गरेका छन् ।
हालै एक अन्तर्वार्तामा बेकह्यामले भने, ‘विवाहपछि हामीले पनि ठूल्ठूला भूल गर्यौं र तनावमा रह्यौं । यसले हामी दुईबीचको सम्बन्ध पनि चिसियो, तर हामी कहिल्यै अलग भएनौं, किनभने हामी एक–अर्कालाई धेरै माया गर्छौं ।’ बेकह्यामको सल्लाह थियो, विवाहमा समस्या हुँदैमा त्यसबाट आत्तिएर अलग हुन आवश्यक छैन् ।