साप्ताहिक संवाददाता
माघ २५, २०७३
एपी वान टेलिभिजनबाट प्रसारण हुने गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ को प्रारम्भिक चरणको अडिसनमा प्रतिस्पर्धीहरूको संख्या अत्यधिक देखिएको छ । अघिल्लो बुधबार नेपालगन्जबाट प्रारम्भ भएको अडिसन दुई दिन चलेको थियो भने बुटवल अडिसन गत शनिबार सम्पन्न भएको थियो । प्रतियोगिताको तेस्रो अडिसन नारायणगढमा सम्पन्न भयो । मंगलबारको उक्त अडिसनमा पनि सहभागीहरूको संख्या उल्लेख्य रह्यो ।
माघ २४ तथा २५ मा विराटनगर, माघ २९ तथा फागुन १ मा पोखराको अडिसनपछि अन्तिम अडिसन फागुन ७ तथा ८ गते काठमाडौंमा सञ्चालन हुनेछ । यो प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका प्रतिस्पर्धीहरूले मात्र सहभागिता जनाउने पाउनेछन् । संगीतकार न्ह्यू बज्राचार्य, गायिका ईन्दिरा जोशी तथा गायक/संगीतकार कालीप्रसाद बासकोटा यो प्रतियोगिताको निर्णायक छन् ।