साप्ताहिक संवाददाता
भ्यालेन्टाइन्स डेमा आफ्ना प्रेमी–प्रेमिकालाई मोबाइल उपहार दिने योजना बनाउनुभएको छ भने दरबारमार्गस्थित एप्पल वल्र्ड पुगे हुन्छ । नयाँ तथा ब्रान्डेड मोबाइलको कारोबारका लागि चर्चित एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डे विशेष अफर सार्वजनिक गरेको छ । हिजो बिहीबार प्रारम्भ भएर फागुन १० गतेसम्म चल्ने यो अफरअन्तर्गत जुनसुकै मोबाइलको खरिदमा हात खाली नजाने उपहारहरू राखिएको छ । त्यसका साथै एप्पल वल्र्डको भ्रमण गर्ने प्रत्येकका लागि विशेष कुपनको समेत व्यवस्था छ ।
उक्त कुपनबाट लक्की ड्र गरी १ जनाले आईफोन–७ प्रथम तथा दोस्रो भाग्यामानीले १ सय २८ जिबीको आईफोन–७ प्लस २४ हजार ९ सय ९९ रुपैयाँम प्राप्त गर्न सक्नेछन् । लक्की ड्रमार्फत हरेक दिन कपल डिनर कुपन तथा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिनेछ । दरबारमार्गको मर्कन्टायल प्लाजास्थित एप्पल वल्र्डले विश्व बजारमा पाइने सबै ब्रान्डका मोबाइल सबैभन्दा सस्तो मूल्यमा उपलब्ध गराइरहेको दाबी गरिन्छ ।
६० मिनेटमै फेस टु फेस मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डे सम्मका लागि हरेक ब्रान्डका पुराना मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरिद गर्ने अवसर प्रदान गरेको छ भने एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल नि:शुल्क उपलब्ध गराउने अफर पनि छ । त्यस्तै युएमआई ४ जीबी र्याम तथा ६४ जिबी स्टोरेज भएको सुपर मोबाइलको खरिदमा युएमआइकै लन्डन मोबाइल सित्तैमा प्राप्त गर्ने अवसर पनि यो अफरअन्तर्गत प्राप्त गर्न सकिन्छ ।