साप्ताहिक संवाददाता
फाल्गुन ३, २०७३
- भ्यालेन्टाइन डेका दिन विशेष आकर्षक देखिन अनुहार क्लिन्जिङ गरेर ब्राइट सेड्स प्रयोग गर्न सकिन्छ ।यो दिनलाई रोमाञ्चक बनाउन भिन्टेज मेकअप उपयुक्त हुन्छ । त्यसका लागि लिक्विड फाउन्डेसन लगाएपछि लाइट ब्राउन सेड फैलाउनुपर्छ ।
- आँखाको माथिल्लो भागमा पहेंलो टोनको सेड लगाउनुपर्छ । आँखाको आधा भागमा पिंक स्याडो लगाएर परेलामा गोल्डेन सेड्स प्रयोग गर्दा थप आकर्षक देखिन्छ । त्यसपछि गाजल लगाउनुपर्छ भने आइलाइनर पनि लगाउन सकिन्छ ।
- ओठलाई रसिलो एवं सुन्दर बनाउन ग्लसी पिंक लिपिस्टिक प्रयोग गर्नुपर्छ । लिपग्लसले टचअप गर्दा ओठ थप सेक्सी देखिन्छ ।