साप्ताहिक संवाददाता
नेपाली चेली मीरा राईलाई हार्दिक बधाई तथा आगामी दिनमा सफलताका लागि शुभकामना (फ्रन्टपेज : मिराकल मीरा) । यो हो नि नेपालको सान ।
नारायण नेपाली
मीरा राई ताप्लेजुङमा जन्मिएकी होइनन्, भोजपुरमा जन्मिएकी हुन् ।
सुमन बस्नेत
मीरा राई वास्तविक हिरो हुन् (फ्रन्टपेज : मिराकल मीरा) । उनलाई सलाम छ ।
पुर्वेली कान्छो, सुजन गुरुङ, अनिल सोमै
नेपालमा भारत र चीन दुवै देशबाट रेल सञ्जाल जोडिनु आवश्यक छ (यात्रा सन्दर्भ : पूर्व–पश्चिम रेल) । कागजमा मात्र होइन देखिने गरी काम हुनुपर्छ ।
शंकर
जबसम्म गरिबी रहन्छ (गजुरियल विश्लेषण : तेस्रो भ्रष्ट देश) । तबसम्म देशमा भ्रष्टाचार कायमै रहनेछ ।
सन्जित
जगदीशपुर तालको प्रचार–प्रसारमा यो महोत्सवले सघाउनेछ (छैटौं लाटोकोसेरो उत्सव) । वातावरणीय महत्व झल्काउन यस प्रकारका महोत्सव आयोजित भैरहनुपर्छ ।
असीम थापा
नेपाली उत्पादनलाई हामीहरूले प्रवद्र्धन गर्नुपर्छ (क्यान इन्फोटेकमा नेपाली सोलार कार) । नेपाल सरकार एवं सम्बन्धित पक्षहरूले जुझारु युवाहरूलाई सहयोग नगरेको समाचार पढेर नरमाइलो लाग्यो ।
सुधांशु प्रधान
सेल्फीको जमाना छ (मोबाइलले खिचेका फोटोलाई कसरी राम्रो बनाउने ?) । फोटो राम्रो बनाउन यी एप्लिकेसनहरू उपयोगी लागे ।
राजेन्द्र पौडेल
सम्पादक नारायण वाग्ले हुनुपर्नेमा नारायण ढकाल भएको छ (साहित्य : पोखरा लिटरेचर फेस्टिभलमा जे देखियो) । बाँकी कभरेज ठीक छ ।
लेखनाथ काफ्ले
प्रतिभावान् कलाकारलाई कुनै कुराले रोक्दैन (गसिप : प्रदीपलाई चुनौती), तर निरन्तरता दिनुपर्छ अनि धैर्य पनि हुनैपर्छ ।
कपिल शर्मा
विभिन्न दिवससम्बन्धी समाचार पढ्दा रमाइलो लाग्यो (फ्रेब्रुअरी महिनामा थरीथरीका दिवस) । एकदम नयाँ जानकारी मिल्यो । यद्यपि नेपालीहरूले आफ्ना चाडहरू बिर्सिए । विदेशी चाडलाई प्राथमिकता दिनुचाहिँ हुँदैन ।
आयुश सिंह
अहिले कभर सङको क्रेज ह्वात्तै बढेको छ (चर्चामा : कभर सङको क्रेज) तर भिडियोले वास्तविक गीतको मर्मलाई नबोक्दा त्यति मजा आउँदैन ।
हिमाल घले
गायक आनन्द कार्कीको अचम्मको सोखका सम्बन्धमा जानकारी पाइयो (मेरो सेक्रेट : मसँग ६० वटा घडीको संकलन छ) । उहाँका थुप्रै रोचक अनुभव पढ्दा रमाइलो लाग्यो ।
लक्ष्मी कार्की
यस्तो लेख भए पो पत्रिका हेर्न मन लाग्छ (मुक्त आकाश : यात्रा रहेछ जीवन) । मीठो लेखका लागि अबिरल थापाजीलाई धन्यवाद ।
लोकराज सेनेहाङ
अहिले फेसबुकको दुरुपयोग बढिरहेको छ (अपराध : फेसबुक कि फेकबुक ?) । प्रहरीले यो अपराधमाथि नियन्त्रण कायम गर्नुपर्छ ।
पुष्कर