साप्ताहिक संवाददाता
गायक रामकृष्ण ढकालले आफ्नो नयाँ गीत ‘यस्तो को हौ तिमी’ को म्युजिक भिडियो प्रिमियर गरेका छन् । केएल टावरस्थित एफक्यूब सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनका क्रममा ढकालले निकेश खड्काद्वारा निर्देशित उक्त भिडियो सार्वजनिक गरेका हुन् । गीतमा गायक रामकृष्ण ढकालको स्वर छ भने दावा गुरुङको संगीत तथा मनिष बशिष्ठको शब्द समावेश छ । गीतलाई सुमित विश्वकर्माले संगीत संयोजन गरेका छन् ।
भिडियोमा गायक ढकालकी धर्मपत्नी निलम शाह ढकालले अभिनेता मञ्चिन शाक्यसँग अभिनय गरेकी छिन् । हिउँ परेको मौका पारेर कालिञ्चोकमा अर्जुन तिवारी तथा उनको समुहले छायांकन गरेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । गायक ढकालले यो गीत प्रेम दिवसलाई लक्षित गरेर उक्त गीत तथा भिडियो तयार पारेको बताएका छन् । भिडियोमा रमणीय दृष्यहरु कैद गरिएका छन् ।
प्रिमियर शोमै भिडियोले सञ्चारकर्मी तथा संगीतकर्मीको सकारात्मक प्रतिक्रिया पाएको छ । समारोहमा संगीतकार शम्भुजित बास्कोटाले रामकृष्ण ढकाललाई ‘स्वर रत्न’ को उपाधि दिए ।
यस्तो छ भिडियो :