साप्ताहिक संवाददाता
फाल्गुन १४, २०७३
नेपालका एक मात्र सक्रिय रेगी गायक बिनोद ढकालले रेगी शैलीकै नेपाली गीत ‘बाजेले गिटार बजाको...’ बाट दर्शक तथा स्रोताको मन जितेका छन् । यो गीतमा गायक ढकालकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । यूट्युबबाट सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा गायक ढकालले नै अभिनय गरेका छन् भने भिडियोका निर्देशक पनि उनी नै हुन् । थाइल्याण्डको पटायामा छायांकन गरिएको यो भिडियोमा समेत गायक ढकाल रेगी शैलीमै प्रस्तुत भएका छन् । अनुप गिरीको छायांकनको उक्त भिडियोका सम्पादक सुशील न्यौपाने हुन् ।
यस्तो छ भिडियो :