फाल्गुन १७, २०७३
इस्लामिक देशमा व्यवसायिक फुटबल खेल्नेहरूलाई अनेकन समस्या हुन सक्छ । एक किसिमको समस्या खेलाडीको हेयर स्टाइलका कारण पनि सिर्जना हुनसक्छ । यूएई र साउदी अरेबियाका क्लबमा खेल्ने खेलाडीले यस्तै समस्या सामना गरे । त्यसमध्ये सबैभन्दा ठूलो नाम रह्यो, घानाका फरवार्ड आसामोह गायन । अरेबियन गल्फ लिगमा अल अहिलीका लागि खेल्ने गायन यसअघि इङ्लिस प्रिमियर लिगमा सन्डरल्यान्डबाट खेल्थे ।
गल्फ लिगमा खेल्ने सबैभन्दा ठूलो नाम भए पनि उनको हेयर स्टाइलमा त्यहाँ इस्लामिक नियम लागू गर्ने प्रहरीको आपत्ति रह्यो । गायनले आफ्नो केही भाग केश कायम राखेर बाँकी सबै खौरिएका थिए । इस्लामिक नियमअनुसार यस्तो गर्न नपाइने रहेछ ।