फाल्गुन १९, २०७३
प्राडर विली भनिने रोगका कारण मानिसमा अस्वभाविक मोटोपनको समस्या देखा पर्छ । विश्व मोटोपन फेडरेसनका अनुसार अहिले विश्वभर ४ करोड ८५ लाख बालबालिका मोटोपनको सिकार भैरहेका छन् । फेडरेसन भन्छ— सन् २०२५ सम्ममा ५ देखि १८ वर्ष उमेर समूहका मोटा बालबालिकाको सर्वाधिक संख्या चीनमा हुनेछ । चीनमा अहिले मोटोपन भएका बालबालिकाको तौल घटाउने थुप्रै अस्पताल निर्माण भैरहेका छन् । ती अस्पतालमा आगोको राप, कपमा आगो बालेर, एक्युपञ्चरसहित परम्परागत उपचार पद्धति ‘हु लि आओ’ को व्यापक प्रयोग भैरहेको छ ।
तस्बिरमा देखिएका ११ वर्षीय बालक ली हाङको तौल १ सय ४६ किलोग्राम छ । ४ वर्षको उमेरमै साढे ४२ किलोग्राम तौलका ली त्यतिबेला औसत बालबालिकाभन्दा साढे २ गुणा बढी तौलका थिए ।