साप्ताहिक संवाददाता
प्यारो पप्पी रमाइलो लाग्यो (फ्रन्टपेज : प्यारो पप्पी) । कुकुरसम्बन्धी रोचक तथ्यहरूका सम्बन्धमा जानकारी प्राप्त भयो ।
राजेन्द्र पाण्डे
बरु कुनै मेहनतको कथा छापेको भए हामीलाई प्रेरणा मिल्ने थियो (अनुष्काको खण्डन) । अनुष्काको यो कुरा पढेर हामीलाई के फाइदा ?
बाबा लामा
प्रमुख नेताहरूले आईजी नियुक्तिमा आफ्नो हात छैन भने (गजुरियल विश्लेषण : आईजी प्रकरणमा कसले के भनेनन् ?) । त्यसो भए उनको नियुक्ति कसले गरेको हो ? जो योग्य र सक्षम छ स्वत उसकै नियुक्ति हुनुपर्ने होइन र ?
शिव श्रेष्ठ
माया गर्न र माया प्राप्त गर्न सजिलो छ (सपना देख्न उमेर चाहिँदैन) । माया त टिकाउन पो गार्हो छ । सपना देख्न कुनै उमेर चाहिँदैन जसले देखे पनि हुन्छ, जहिले देखे पनि हुन्छ ।
कृष्णा शर्मा
युवा उद्यमी विभूषण विष्टको कुरा मनपर्यो (अन्तर्वार्ता : ल्यान्डलक होइन, लक्की कन्ट्री हो नेपाल) । मुलुक बाहिर व्यापार गर्न समुद्रसँग जोडिनैपर्छ भन्ने छैन । विष्ट धेरैका लागि प्रेरणाका स्रोत हुन् ।
शिव कार्की
यो सामग्री उपयोगी छ (मोबाइलमा इन्टरनेट डाटा कसरी वचत गर्ने ?) । मोबाइल डाटा प्रयोग गर्दा धेरै खर्च हुन्छ । त्यसबाट छुट्कारा प्राप्त गर्न यो सामग्रीले मद्दत गर्छ ।
कपिलदेव रेग्मी
साइँलीले धेरैको वास्तविकता बोकेको छ (चर्चामा : कीर्तिमान तोड्दै साइली) । यस्तै सरल एवं मौलिक गीत सुन्न अनि हेर्न पाइयोस् ।
रोशन
श्वेता खड्कालाई धेरै–धेरै शुभकामना एवं बधाई (कान्छी बन्दै श्वेता) । धेरैभन्दा धेरै दर्शकको मन जित्न सक्नुहोस् । तपाईंको काम र संघर्षले अरू धेरैलाई प्रेरणा दिन्छ ।
बिनोद भण्डारी
जति मज्जा पत्र पठाउनुमा हुन्थ्यो, त्यो अनुभूति अचेलको भर्चुअल मायामा छैन (अनुभव : भर्चुअल माया) । भर्चुअल माया समय कटाउने मेलो मात्र हो, यस्तो सम्बन्ध दीर्घकालीन भने हुँदैन ।
रोशन बजगार्इं
चलचित्रकर्मी सुनिल रावलका लुकेका पाटाहरूका सम्बन्धमा जानकारी भयो (म जसलाई प्रेम गर्छु : चलचित्रमै प्रेम बस्यो) । रावलको सफलता उनको संघर्ष एवं निरन्तरताको उपज हो ।
शेखर गौतम
प्रेम जोडीसम्बन्धी सामग्री रमाइलो लाग्यो (चर्चामा रहेका सेलिब्रेटी कपल) । यद्यपि सम्बन्ध छुटेको, टुटेको समाचार पढ्न नपरोस्, बरु अरूका लागि नमुना बनेको खबर सुन्न पाइयोस् ।
चित्र केसी
रंगकर्मी सरिता गिरीको लभ मन्त्र चित्तबुझ्दो छ (लभमन्त्र) । प्रेम सम्बन्ध गोप्य रहेकै राम्रो हुन्छ । सबैले थाहा पाए सम्बन्धमा गडबडी आउँछ ।
मीनराज काफ्ले
मिस नेवा:को उपाधि जितेकोमा इशु श्रेष्ठलाई बधाई (इशुलाई मिस नेवा:को उपाधि) । आगामी दिनमा अन्य प्रतिस्पर्धामा पनि सफलता प्राप्त होस् भन्ने शुभकामना ।
शोभा मानन्धर
यति महँगो औंठी (पत्याउनुहुन्छ ? महँगो औंठी) ? सुन्दै छक्क परियो ।
गोपाल तामाङ
किसिम–किसिमका कुकुरसम्बन्धी जानकारी रोचक लाग्यो (किसिम–किसिमका कुकुर) । कुकुरका आनीबानी एवं स्वभाव अनौठा हुँदा रहेछन् ।
समुद्र गौतम