साप्ताहिक संवाददाता
फाल्गुन २०, २०७३
पोखरामा आयोजित महयात्रामा पोखरेली दर्शकहरू निकै रमाए । कार्यक्रममा महजोडीले नेवारबहादुर र बाहुनबहादुर प्रहसन प्रस्तुत गर्दै दर्शकलाई जातजातिका नाममा देशलाई विभाजन गर्न नहुने सन्देश दिए । उक्त प्रहसनमा नरेन्द्र कंसाकार तथा आचार्यका सुपुत्र मोहित आचार्यले उनीहरूलाई साथ दिएका थिए । सो अवसरमा श्रेष्ठ र आचार्यले मह डनको फोटो स्टुडियो नामक प्रहसन पनि प्रस्तुत गरेका थिए । उक्त अवसरमा कलाकार किरण केसी, शिवहरि पौडेल तथा राजाराम पौडेलले पनि एउटा अर्को प्रहसनमार्फत दर्शकलाई हँसाए । कलाकार राजाराम पौडेलले हास्य शैलीमा सञ्चालन गरेको उक्त कार्यक्रममा गायिका माण्डवी त्रिपाठीका गीत, यमन श्रेष्ठको प्यारोडी तथा रुविना अधिकारीको नृत्य समेत प्रस्तुत गरिएको थियो ।